खुकुरी देखाउँदै अश्लील अभिव्यक्तिसहित टिकटक बनाउने युवक पक्राउ
गोलबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८३ कार्तिक ३० सोमबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहामा खुकुरी देखाउँदै अश्लील भाषायुक्त अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ निवासी २१ वर्षीय महमद आशिक अन्सारी रहेका छन् ।
प्रहरीका अनुसार अन्सारीले घरेलु हतियार खुकुरी प्रदर्शन गर्दै अश्लील भाषायुक्त अभिव्यक्तिसहितको भिडियो बनाएर टिकटकमा पोस्ट गरेका थिए ।
उक्त भिडियोमार्फत सामाजिक शान्ति भङ्ग गर्ने तथा समाजमा डरत्रास फैलाउने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोलबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…