जुत्ता लगाएर छठ घाटमा पूजा गरेको भन्दै सभामुख डिपी अर्यालको आलोचना
यद्यपि, यस विषयमा सभामुख अर्यालको प्रतिक्रिया सार्वजनिक भएको विवरण प्राप्त भएको छैन ।

२०८३ कार्तिक ३० सोमबार, दिउँसो ४:४० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगञ्ज । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले जुत्ता लगाएर छठीमाताको पूजा–अर्चना गरेको विषयलाई लिएर मधेस जागरण अभियानका केन्द्रीय संयोजक कृष्णमोहन सहनीले प्रश्न उठाएका छन् ।
सहनीले छठ पर्व धार्मिक आस्था, श्रद्धा र परम्परासँग जोडिएको पर्व भएकाले धार्मिक अनुष्ठानमा सहभागी हुँदा त्यसको मर्यादा र परम्पराको ख्याल गर्नुपर्ने बताएका छन् ।
उनले सभामुख अर्यालको पूजा गर्दाको दृश्यप्रति असन्तुष्टि जनाउँदै धार्मिक आस्थालाई राजनीतिक प्रचार वा लोकप्रियता हासिल गर्ने माध्यम बनाउन नहुने धारणा राखेका छन् ।
सहनीले भनेका छन्, ‘छठीमाताको पूजा कुनै राजनीतिक स्टन्ट गर्ने मञ्च होइन । धार्मिक आस्थालाई प्रचारप्रसार र लोकप्रियता कमाउने माध्यम बनाउनु उचित हुँदैन ।’
सभामुखजस्तो संवैधानिक पदमा रहेका व्यक्तिले सबै धर्म, संस्कृति र परम्पराप्रति सम्मान तथा संवेदनशीलता देखाउनुपर्ने उनको भनाइ छ ।
धार्मिक कार्यक्रममा सहभागी हुनु सकारात्मक भए पनि त्यसको मर्यादा र परम्परालाई पनि ध्यान दिनुपर्ने सहनीले बताएका छन् । उनले सभामुख अर्यालको उक्त गतिविधिबारे स्पष्ट पार्नसमेत माग गरेका छन् ।
यद्यपि, यस विषयमा सभामुख अर्यालको प्रतिक्रिया सार्वजनिक भएको विवरण प्राप्त भएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…