नेपाली जनसम्पर्क समिति अमेरिकाको सहमहामन्त्रीमा श्याम यादव सर्वसम्मत
अधिवेशनले सहमति, एकता र सहकार्यको सन्देश दिँदै नयाँ नेतृत्व चयन गरेको जनाइएको छ ।

२०८३ कार्तिक ३० सोमबार, बिहान ११:४२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको सहमहामन्त्रीमा श्याम यादव सर्वसम्मतिले निर्वाचित भएका छन् ।
समितिको तेस्रो अधिवेशनबाट सञ्जीव श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो । नोभेम्बर १५, २०२६ मा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपसभापतिमा फिलिप केसी चयन भएका छन् । त्यसैगरी उपसभापतिहरूमा अविनाश नायक, विनोद गौली, इन्द्र सिटौला, प्रेमकाजी श्रेष्ठ र रामबहादुर देउवा चयन भएका छन् ।
महामन्त्रीमा सालिन बस्नेत र शिव ढकाल चयन हुँदा सहमहामन्त्रीमा श्याम यादव, भरत राज जोशी र दीपा कार्की निर्वाचित भएका छन् ।
त्यस्तै, केन्द्रीय सदस्यहरूमा बिजेन्द्र राना, विनोद साह, विश्व लामा, जस निदाल, जोशन श्रेष्ठ, कुमारी पार्वती उपाध्याय, मिशन भट्टराई, नवराज भट्ट, राधा ज्ञवाली, राजकुमार श्रेष्ठ, राम ढकाल, रेणु बम्जन र उमा थापा चयन भएका छन् ।
लामो समयदेखि नेपाली डायस्पोरामा सक्रिय रहँदै आएका यादवको सहमहामन्त्रीमा चयनलाई संगठनभित्रको जिम्मेवारी र विश्वासका रूपमा हेरिएको छ ।
अधिवेशनले सहमति, एकता र सहकार्यको सन्देश दिँदै नयाँ नेतृत्व चयन गरेको जनाइएको छ । नवनिर्वाचित सभापति श्रेष्ठसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…