धनुषामा ४५ बर्षिय महिलामाथि २२ बर्षिय युवकले गरे बलात्कार, आरोपित १ महिनादेखि फरार
मुद्दा चलेपछि जिल्ला अदालत धनुषाबाट आरोपितलाई पक्राउ पूर्जी जारी भएकोमा आरोपित विगत एक महिनादेखि फरार रहेको छ । प्रहरीका अनुसार, उनको खोजी कार्य तीव्र पारिएको हो ।

२०८३ कार्तिक २४ मंगलबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मल्हनीयाँस्थित एक महिलामाथि बलात्कार भएको घटना बाहिरिएको छ । घटना एक महिनापछि बाहिरिएको हो ।
जनकनन्दिनी वडा नं. १ मल्हनीयाँस्थित गत असोज २३ गते बेलुकी घर बाहिर गएकी महिलालाई २२ बर्षिय युवकले बलात्कार गरेको घटनाको रहस्योदघाटन भएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीका अनुसार, गत असोज २३ गतेको घटना रहेकोमा आरोपित फरार रहेका छन् । घटना भएपछि भोलीपल्टै महिलाको स्वास्थ्य परीक्षण गरी प्रक्रिया अनुसार मुद्दा चलाईएको थियो ।
मुद्दा चलेपछि जिल्ला अदालत धनुषाबाट आरोपितलाई पक्राउ पूर्जी जारी भएकोमा आरोपित विगत एक महिनादेखि फरार रहेको छ । प्रहरीका अनुसार, उनको खोजी कार्य तीव्र पारिएको हो ।
एक महिना बितिसक्दा समेत आरोपितलाई धनुषा प्रहरीले भने पक्राउ गर्न सकेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…