दिपावलीकै राती प्रेमीसँग मिलेर श्रीमतिले गरिन् श्रीमानको हत्या, दुवै पक्राउ
प्रहरीले घटनालाई विवाहेत्तर सम्बन्धसँग जोडेर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।

२०८३ कार्तिक २३ सोमबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, विराटनगर | मोरङमा श्रीमतीले भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ ।
मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको दीपावलीको राति फलामको रड प्रहार गरी हत्या गरिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बुधरामकी ३५ वर्षीया श्रीमती कमली बास्के र उनका भारतीय प्रेमीले मिलेर हत्या गरेका हुन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।
मोरङका प्रहरी उपरीक्षक कवित कटवालका अनुसार आइतबार राति करिब ९ बजे बुधरामको टाउकोमा फलामको रड प्रहार गरिएको थियो । गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतीय नागरिक २७ वर्षीय सुनील मिश्र बिहार राज्यको कटिहार निवासी हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कमली र सुनीलबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । उक्त सम्बन्धबारे बुधरामले थाहा पाएपछि दुवैले योजना बनाएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
प्रहरीले घटनालाई विवाहेत्तर सम्बन्धसँग जोडेर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…