डा.ईन्द्रजीत रजकलाई मेसुमा र डा. जामुन सिँहलाई निर्देशकबाट सरुवा भएको छैन: सिँह
सोही अनुसार, डा. जामुन सिँहले समेत आफ्नो सरुवा मात्र कर्मचारीको रुपमा भएको तथा निर्देशक पदमा कायम रहेको दाबी गरे ।

२०८३ कार्तिक ५ बिहीबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालका चिकित्सक डा. जामुन प्रसाद सिँहले आफूलाई निर्देशक पदबाट नहटाएको दाबी गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २२ गते गरेको काज सरुवा सूचिमा डा. सिँहलाई पारेपछि उनले आफूलाई मात्र सरकारी कर्मचारीको रुपमा सरुवा भएको दाबी गरेका छन् ।
डा. सिँहले सँचारमाध्यममा पुनः निर्देशक बन्न २ करोड रुपैयाँको डील भईरहेको बारे आरोप प्रत्यारोप लागिरहँदा उनले सो तथ्य निराधार रहेको बताए । उनले आफूलाई सरकारी कर्मचारीको रुपमा मात्र सरुवा भएको दाबी गर्दै निर्देशकको पद यथावत रहेको दाबी गरे ।
न्यूज ब्युरोसँग कुराकानी गर्दै डा. सिँहले निर्देशकलाई हटाउने अधिकार मुख्यमन्त्री कार्यालयको नरहेको बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ को दफा १८(२) मा अस्पताल निर्देशकको पदावधि पाँच वर्ष हुने व्यवस्था रहेको भन्दै यसअघि उच्च अदालत जनकपुरले डा. प्रमोद यादवसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिएको थियो। त्यस आदेशमा निश्चित पदावधि भएको निर्देशकलाई अन्यत्र कामकाजमा खटाउने निर्णयको कानुनी आधारमाथि प्रश्न उठाइएको थियो।
सोही अनुसार, डा. जामुन सिँहले समेत आफ्नो सरुवा मात्र कर्मचारीको रुपमा भएको तथा निर्देशक पदमा कायम रहेको दाबी गरे ।
उनले डा. ईन्द्रजीत रजकको हकमा उनलाई मेडिकल अफिसरको रुपमा सरुवा भएको बताउँदै जतिबेला पनि पदस्थापन हुने बताए ।
स्वास्थ्यमन्त्रीसँग २ करोडमा पुनः निर्देशक पदमै फर्कन डील भएको सन्दर्भमा उनले आरोप पूर्णतः निराधार रहेको बताए । कानुनी व्यवस्था पाँच बर्षको लागि अवधिमा ठोस कारण बाहेक हटाउन नसक्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…