आज मास्टरसेफ सँतोष साह जनकपुर आउँदै, एयरपोर्टमा भव्य स्वागतको तयारी
उनलाई काठमान्डौं, इटहरी, विराटनगर, धरान लगायत विभिन्न शहरमा भव्य स्वागत गरिएको हो ।

२०७७ चैत १ आइतबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिबिसी मास्टरसेफका उप–विजेता एवम् चर्चित नेपाली सेफ सँतोष साह आज जनकपुर आउने भएको छ ।
बिबिसी मास्टरसेफमा नेपाली परिकारलाई विश्वभरि चिनाएका सेफ सँतोष साहलाई नेपालको विभिन्न शहरमा भव्य स्वागत र सम्मान गरिएको छ । सोही क्रममा आईतबार उनलाई जनकपुरमा भव्य सम्मान गर्ने तयारी गरिएको हो ।
बिहान ११ः३० बजे जनकपुर एयरपोर्ट आईपुग्ने मास्टरसेफ साहलाई स्वागतको लागि युवाहरु मोटो सँख्यामा जनकपुर एयरपोर्ट जाने तयारी गरेका हुन् ।
सेफ सँतोष साहलाई जनकपुर एयरपोर्टमा ५१ किलोको फूलको मालाले स्वागत र सम्मान गरिने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले जानकारी दिए ।
साहका अनुसार, सँतोषलाई एयरपोर्टमा भव्य स्वागत गरी सिधा जानकी मन्दिर जानकी दर्शनको लागि लगिने कार्यक्रम रहेको छ । त्यसपछि उनकै निजी निवासमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।
वडाध्यक्ष साहले मधेशको भूमिलाई नेपाली परिकार मार्फत विश्वभरि चिनाएका सँतोष साहलाई स्वागतको लागि विद्यार्थी, व्यापारी, पेशाकर्मी, व्यावसायीहरुलाई स्वागतको लागि एयरपोर्ट पुग्न आग्रह समेत गरेका छन् ।
बिबिसी मास्टरसेफमा उपविजेता बनेका सँतोष साहले नेपाली खानको विभिन्न परिकारलाई विश्वभरि चिनाउन सफल भएका छन् । उनलाई काठमान्डौं, इटहरी, विराटनगर, धरान लगायत विभिन्न शहरमा भव्य स्वागत गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…