जनकपुर कर कार्यालय अधिकृत र एक दलाल घुस सहित रँगेहात पक्राउ !
अख्तियारको टोलीले कानुनी प्रक्रिया पुरयाएर दुवै जनालाई बर्दिवास लग्ने तयारी गरेको हो ।

२०७७ फागुन २६ बुधबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर स्थित रहेको आन्तरिक राजस्व कार्यालय (कर अफिस) का हाकिम र एक दलाल रँगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि आएको टोलीले कर अधिकृत रमेश ढकाल सहित एक दलाललाई समेत रँगेहात पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको जिरोमाईल स्थित रहेको अन्नपूर्ण होटलबाट अख्तियारको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ५० हजार रुपैयाँ फेला परेको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख मनिराम ज्ञवालीका अनुसार, घुस रकम सहित पक्राउ परेको तर, टोली अझै फर्केर नआएकोले अहिले नै विस्तृत भन्न नमिल्ने बताए ।
कर अधिकृत ढकाल र दलाल नबिन कर्णबीच रकम लेनदेन हुने गोप्य जानकारी अनुसार अख्तियारको टोलीले उनीहरुलाई पछयाएको थियो । साँझदेखि नै उनीहरुलाई पछयाएको टोलीले केही बेर अगाडी अन्नपूर्ण होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले कानुनी प्रक्रिया पुरयाएर दुवै जनालाई बर्दिवास लग्ने तयारी गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…