धनुषा प्रहरीले डिजेको मेसिन उठाउँदै, आधा दर्जन डिजे (DJ) कारवाहीमा
दुई जना डिजेबालाको मेसिन अझै ईलाका प्रहरी कार्यालय खजुरीको नियन्त्रणमा रहेको जनाईएको छ ।

२०७७ फागुन २६ बुधबार, बेलुकी ७:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्लास्थितबाट ६ वटा डिजे बाजाबाला कारवाहीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले गएराती नै २ वटा डिजेलाई कारवाहीमा ल्याएको हो । जनकपुर उपमहानगरपालिकाभित्रैबाट चर्को साउण्डमा डिजे बजाएको भन्दै मेसिनहरु नियन्त्रणमा लिएको हो ।
नगरभित्र चर्को आवाजमा डिजे बजाएको भन्दै प्रहरी आग्रहलाई समेत अवज्ञा गरेको भन्दै दुईटा डिजेको मेसिनलाई मँगलबार राती नै जिल्ला प्रहरी कार्यालय धनुषामा उठाएर लगिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
यस्तै, धनुषाको जनकनन्दिनी गाउँपालिकाले गाउँपालिकाभरि नै डिजे र एण्डको राती १० बजेदेखि विहान ६ बजेसम्म नबजाउने निर्णय गरेपनि डिजेबालाहरुले जबरदस्ती बजाएको भन्दै ४ जना कारवाहीमा परेका छन् ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर हृयेन्द्र रोकायाको नेतृत्वमा विभिन्न ठाउँबाट ४ वडा डिजेबालालाई कारवाही गरिएको हो । दुई वटा डिजे र मेसिनलाई सहमति गरी छाडिएको ईन्सपेक्टर रोकायाले बताए ।
उनका अनुसार, जनकनन्दिनी गाउँपालिकाले ईलाका प्रहरी कार्यालयलाई गरेको पत्राचार बमोजिम राती १० बजेपछि चर्को स्वरमा डिजे वा हर्न बजाएको आरोपमा उनीहरुलाई पक्राउ गरी कारवाही गरिएको हो ।
दुई जना डिजेबालाको मेसिन अझै ईलाका प्रहरी कार्यालय खजुरीको नियन्त्रणमा रहेको जनाईएको छ । जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ५ र वडा नम्बर २ बाट डिजेको मेसिन प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईन्सपेक्टर रोकायाका अनुसार, चार जनालाई मात्र कारवाही गरेपछि जनकनन्दिनी गाउँपालिकाभित्र अहिले ध्वनी प्रदुषण ९० प्रतिशतसम्म न्यून भएको दाबी गरे । उनले कुनै पनि अवसरमा तोकिएको समयमा डिजे, एण्डको वा हर्न बजाउन नपाउने बताए ।
जनकनन्दिनी गाउँपालिकाले राती १० बजेदेखि विहान ६ बजेसम्म डिजे, एण्डको वा हर्न बजाउन नपाउने तथा कुनै पनि अवसरमा मधुर आवाजमा मात्र हर्न बिना सानो स्वरमा लाउडस्पीकर बजाउन पाउने नियम लागू गरेको हो ।
पक्राउ गरेकामध्ये २ जनालाई अबदेखि नियम विपरित डिजे नबजाउने गरी कागजमा लिखित सहमति पश्चात छाडिएको जनाउँदै २ डिजेबालाको मेसिन अझै ईलाका प्रहरी कार्यालय खजुरीमा राखिएको बताइएको छ ।
ईन्स्पेक्टर रोकायाले मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभरिमै डिजे राती ९ बजेदेखि विहान ५ बजेसम्मको लागि बजाउन नपाउने गरी नियम लागू गरेपछि सोही परिपत्र अनुसार घुमुवा टोलीलाई सक्रिय पारेको बताए ।
उनले ईलाकाभित्र पर्ने गाउँका डिजे, बाजाबालाहरुसँग छलफल गरी नियम कानुन बारे बताउने तथा अटेरी गरे तुरुन्त कारवाही गरिने प्रतिवद्धता समेत जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…