प्रदेश २ः जन्ती (बाराती) बोकेको विँगर चालक निदाएपछि पर्खालमा ठोके, १ दर्जन घाईते !
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ गौरास्थित ना. १ ज ८९३८ नम्बरको विङ्गर पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

२०७७ फागुन २५ मंगलबार, बिहान १०:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरीमा जन्ती बोकेको विँगर एक पर्खालमा गएर ठोक्किँदा दर्जन बढी घाईते भएका छन् ।
अधिक गतिका कारण विँगर अनियन्त्रित भएर ठोक्किन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । विँगरमा मोटो सँख्यामा जन्ती सवार रहेको प्रहरीले जनाएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ गौरास्थित ना. १ ज ८९३८ नम्बरको विङ्गर पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।
मँगलबार(आज) विहान करिब ५ बजेको समयमा त्यहाँ स्थित रहेको सगरमाथा डेरीको पर्खालमा ठोकिँदा विँगरमा सवार १२ जना जन्ती घाईते भएको प्रहरीले जनाएको छ ।
बिसनपुर गाउँपालिका वडा नम्बर १ मधेपुराबाट बोदेबर्साइन नगरपालिका वडा नम्बर ८ काचन आउने क्रममै पर्खालमा ठोक्किएपछि दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, चालक निदाएर विँगर अनिन्त्रित भएको हुन सक्ने अनुमान गरिएको हो । यद्यपी, यसको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
घाइते मध्ये दुई जना गम्भीर चोट लागेकालाई बिराटनगर उपचारका निमित्त लगिएको छ भने ४ जनालाई सप्तरी स्थित छिन्नमस्ता अस्पतालमा उपचार भैरहेको छ ।
यसैगरी पाँच जनाको बोदेबर्साइन स्थित लाइफ केयर अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…