प्रदेश २ः विवाहको रथ एकाएक चलेपछि किचिएर एक बालिकाको मृत्यू !
पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल जलेश्वर लगिएको र रथ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७७ फागुन २५ मंगलबार, बिहान ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित विवाहको रथ एकाएक चल्न थालेपछि किचिएर एक बालिकको मृत्यू भएको छ ।
सोमबार बेलुकी महोत्तरीको औरहीनगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विवाहको लागि तयार गरिएको रथ अचानक गुडेपछि रथ अगाडी आएकी १८ महिने बालिका प्रियँका कुमारी यादवको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
बालिका गौशाला नगरपालिका फुल्काहा निवासी कमलेश यादवकी १८ महिने छोरी रहेकी छन् । रथ एकाएक गुडेपछि दुर्घटना हुन पुगेको प्रहरीको कथन छ ।
सोमबार साँझ करिब ७ः१५ बजेको समयमा रोकिराखेको बीआर १ एपी ३०९१ नम्बरको रथ अचानक गुडेर बालिकालाई किच्दा घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल जलेश्वर लगिएको र रथ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…