जनकपुरियन युवाहरुको धोको : घरमा रहेको पुरानो किताब मागेर नै जेलमा बुक बैँक खोल्ने
खोलिने पुस्तकालयको लागि युवा अभियन्ता कैयम राईनले साहित्यकार, गीतकार, गजलकारसँग पुस्तकहरु मागेर पुस्तकालय खोल्ने जनाए ।

२०७७ फागुन २३ आइतबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुको एक समूहले पुरानो किताबलाई खेर नफाली दान गर्न आग्रह गरेको छ ।
बिसमिल्लाह नेपाल सोसाईटी ईम्प्रुभमेन्ट नामक युवाहरुको एक सँगठनले घरमा रहेको विभिन्न कृतिको किताब, ऐतिहासिक किताबहरु खोजेर जलेश्वर जेलमा पुस्तकालय खोल्ने अभियान चलाएको हो ।
जनकपुरमा सम्पन्न भएको ४ दिने जनकपुर साहित्य महोत्सवको क्रममा सँगठनका युवा अगुवाहरुले नेपाली सिने जगतका महानायक राजेश हमाल एवम् बलिवुड अभिनेत्री मनिषा कोईरालाद्धारा उदघाटन गराएका हुन् ।

जनकपुर सहित अन्य ठाउँमा घरमा रहेको पुरानो किताबहरुलाई एकठ्ठा गरी कारागारभित्र पुस्तकालय खोलिने सँगठनका सलामत राईनले जानकारी दिए ।
“धेरै जनाको घरमा पढेर राखिएको पुरानो किताबहरु होलान, विभिन्न प्रकारको कृति, उपान्यास, कथा, गजल, कविता, नाटक, राजनीतिक विषयको किताबहरु त्यतिकै राखिएको छ भने हामी मागेर पुस्तकालयमा जम्मा गर्नेछौं । यसले कारागारमा रहेका कैदीहरुले पनि चौतर्फी ज्ञान हाँसिल गर्न मदत गर्नेछ ।”– उनले भने ।
खोलिने पुस्तकालयको लागि युवा अभियन्ता कैयम राईनले साहित्यकार, गीतकार, गजलकारसँग पुस्तकहरु मागेर पुस्तकालय खोल्ने जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…