प्रदेश २ः कान्छी श्रीमतिले कुटेर श्रीमानको फुटाइदिइन 'अण्डकोष' !
यता, कान्छी श्रीमति निमकली देवी साहलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ भने यसको अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।

२०७७ फागुन २३ आइतबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ मा एक जनालाई उनकै श्रीमतिले कुटपिट गरी अण्डकोष नै फुटाइदिएकी हुन् ।
प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित ईश्वरपुर नगरपालिका वडा नम्बर १५ मुस्लिम टोल बस्ने बर्ष ६० का जोगी साहलाई उनको आफ्नै श्रीमतिले अण्डकोष फुटाइदिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, शनिबार श्रीमान र श्रीमतिबीच अँश बण्डाको बिषयमा झै झगडा हुँदा कान्छी श्रीमति अन्दाजी बर्ष ४५ की निमकली देवी साहले कुटपिट गरेपछि उनको अण्डकोष नै फुटाइदिएकी हुन् ।
शनिबार जग्गा जमिनको अँश बण्डालाई लिएर भनाभन भएको थियो । भनाभनपछि केही बेरमै भनाभन विवादमा परिणत भएको स्थानीयहरु बताउँछन् ।
प्रहरीका अनुसार, श्रीमान श्रीमतिबीच झगडा हुँदा हातावाही भएको थियो । हातावाहीको क्रममा कुटपिट भएपछि श्रीमति निमकलीले उनको अण्डकोषमै प्रहार गरेपछि उनको अन्डकोष फुटाएको हो ।
अण्डकोष फुटाएपछि गम्भिर घाईते भएका जोगी साहलाई उपचारको लािग प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता, कान्छी श्रीमति निमकली देवी साहलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ भने यसको अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…