दरियादिल प्रदेश प्रमुख : सडक दुर्घटनाका घाइतेलाई आफ्नै गाडीमा राखेर अस्पताल पुरयाए
कलौनीको सचिवालयका अनुसार प्रदेश प्रमुख झाले कर्णालीका प्रदेश प्रमुखलाई आफ्नो प्रदेश भ्रमणको निम्तो दिएको हो ।

२०७७ फागुन २२ शनिबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कर्णाली भ्रमणमा गएका प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले सुर्खेतका सडक दुर्घटनामा परी घाइते भएका चालकको उद्धार गरेका छन् ।
प्रदेश प्रमुख झाले शनिबार रत्न राजमार्गको हर्रे नजिक दुई मिनीट्रक आपसमा जुध्दा घाइते भएका चालक शेरबहादुर सिंहलाई आफ्नै गाडीमा राखेर अस्पताल पु¥याएका हुन् ।
इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले कोहलपुरबाट सुर्खेततर्फ गईरहेको कर्णाली प्रदेश ०२–००१ ख ०२५६ नम्बरको मिनीट्रक र सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बा ५ ख ५२०४ नंको मिनीट्रक आपसमा जुध्दा चालक सिंह गम्भीर घाइते भएको जनाएको छ ।
घाइते चालकलाई प्रदेश प्रमुख झाले तत्कालै उद्धार गरी कोहलपुर मेडिकल कलेज पु¥याउनुभएको हो । प्रहरी जवान सुरेन्द्र रेग्मीले घाइते चालक कर्णाली प्रदेश ०२००१ ख ०२५६ नंको मिनीट्रकका चालक रहेको तथा उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी दिए ।
प्रदेश प्रमुख झाले आफ्नो फेसबुक पेजमा सुर्खेतबाट फर्कँदै गर्दा दुर्घटना भएर छटपटाइरहेका घाइतेलाई देखेपछि उद्धार गरी अस्पताल पु¥याएको उल्लेख गरेका छन् । सबै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गर्ने क्रममा प्रदेश प्रमुख झा कर्णाली पुगेका हुन् ।
प्रदेश राजधानी सुर्खेतस्थित प्रदेश प्रमुखको कार्यालयमा आज बिहान समकक्षी गोविन्दप्रसाद कलौनी र प्रदेश नं २ का प्रदेश प्रमुख झाबीच शनिबार भेटवार्ता भएको हो ।
कलौनीको सचिवालयका अनुसार प्रदेश प्रमुख झाले कर्णालीका प्रदेश प्रमुखलाई आफ्नो प्रदेश भ्रमणको निम्तो दिएको हो ।
प्रदेश प्रमुख कलौनीले आफू उपयुक्त समयमा प्रदेश नं २ को भ्रमण गर्ने बताए । भेटमा दुवै प्रदेश प्रमुखहरूबीच अनुभव आदानप्रदान र प्रदेश प्रमुखको कार्यालयका गतिविधिबारे कुराकानी भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…