मधेशमा 'जनताराज' ल्याउन डा. सिके राउतले मागे आर्थिक सहयोग
डा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्।

२०७७ फागुन २१ शुक्रबार, दिउँसो ३:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको प्रथम महाधिवेशनको लागि डा. राउतले सबैसँग सहयोग मागेका छन् ।
डा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्।
राम राज ल्याउने प्रयासमा रहेका डा. राउतले महाधिवेशनलाई सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसंग अपिल गरेका छन्।
डा. राउतले आर्थिक सहयोगका लागि पार्टीका नाममा रहेको आधिकारिक बैंक खाता समेत सार्वजनिक गरेका छन्। उनले गत वर्षको उप चुनावमा जनता राज ल्याउने धारणा सहित राजनीतिक अभ्यास गर्दै आएका छन् ।
चैत २८ र २९ गते जनकपुरको बाह्विघा मैदानमा महाधिवेशनको आयोजना गरेको डा। राउतद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महाधिवेशनमा देशका विभिन्न भागबाट करिब ५ सय प्रतिनिधि, २५ हजार स्वयंसेवक तथा विदेशबाट अतिथिको समेत सहभागिता रहने जनाइएको छ ।
‘महाधिवेशन ऐतिहासिक गौरवको विषय हुनुका साथै लोकतान्त्रिक व्यवस्थाप्रति आस्था राख्ने सम्पूर्ण जनताका लािग महत्वपूर्ण परिघटना समेत हो’, डा। राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…