रोजगारीको लागि रहिम युवा समाजको सहयोग
सोही क्रममा रहीम युवा समाज कतारका सदस्य असलम राइन, जुनेद अन्सारी, मन्नन अन्सारी लगायतले विशेष सहयोग गरेको थियो ।

२०७७ फागुन २१ शुक्रबार, बिहान ११:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक कार्यमा निरन्तर अग्रसर भएको रहीम युवा समाज जनकपुरले एक युवकलाई रोजागरीको लागि आर्थिक सहयोग गरेको छ ।
विहिबार रहीम युवा समाज जनकपुरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित भाडामा बस्ने एहसान अन्सारीलाई रोजागरी सुरु गर्नको लागि १५ हजार रुपैयाँ सहयोग गरेको हो ।
समाजका अध्यक्ष जानी खान (इद मो. साफी) को विशेष उपस्थितमा अन्सारीलाई एक कार्यक्रमबीच १५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । केही दिन अघि मात्र उनकी श्रीमतिलाई उपचारको लागि रहीम युवा समाजले आर्थिक सहयोग गरेको थियो ।
एहसान अन्सारीको श्रीमतीको पेटमा पथरी भएको बेला रहीम युवा समाजका अध्यक्ष खानले उपचारमा प्रादेशिक अस्पतालमा सहयोग गरेको थियो । फेरी पनि उनलाई सहयोग गर्ने वाचा अनुसार उनलाई सहयोग गरिएको हो ।
अध्यक्ष खानका अनुसार, सो रकम कतारमा भएका रहीम युवा समाज कतारका सम्पूर्ण सदस्यहरुले आ–आफ्नो कमाईबाट सहयोग गरेको हो।
रहीम युवा समाज कतारका सदस्य जिलानी साफी तथा रहिम युवा समाज जनकपुरका सहसचिव अख्तर खान, सदस्यहरु समिर सिद्दीकी, रिजवान अन्सारी आर्यन नदाफको विशेष उपस्थितिमा आर्थिक सहयोग गरिएको हो ।
सोही क्रममा रहीम युवा समाज कतारका सदस्य असलम राइन, जुनेद अन्सारी, मन्नन अन्सारी लगायतले विशेष सहयोग गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…