धनुषाः महरा परिवारलाई मैथिल सेवा समाजको आर्थिक सहयोग
नदाफका अनुसार, मैथिल सेवा समाज नेपालको आयोजनामा पचीस हजार एक सय रुपैयाँ घरखर्ताको लागि आर्थिक सहयोग गरिएको छ।

२०७७ फागुन २० बिहीबार, दिउँसो २:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशमा रहेका धनुषाका युवाहरुको एक समूहले धनुषाको एक पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
खाडी मुलुक कतार स्थित धनुषाका युवाहरुले बनाएको मैथिल सेवा समाजद्धारा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ मुलाबारी बस्ने राजकिशोर महराको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
कतारमा गठन भई विभिन्न मुलुकमा वैदेशिक रोजगारीको शिलशिलामा बस्दै आएको धनुषाका युवाहरुको यो सँगठनले अकालमै ज्यान गुमाएका राजकिशोर महराको परिवारलाई २५ हजार १०० रुपैयाँ सहयोग गरेको हो ।
गत आईतबार फागुन १६ गते महराकी श्रीमति शिव देवी महरालाई मैथिल सेवा समाज मलेशिया र कतार द्वारा आर्थिक सहयोग गरिएको समाजका कतार शाखा उपाध्यक्ष मोहम्मद नविन नदाफले जानकारी दिए ।
नदाफका अनुसार, मैथिल सेवा समाज नेपालको आयोजनामा पचीस हजार एक सय रुपैयाँ घरखर्ताको लागि आर्थिक सहयोग गरिएको छ।
घरमा जम्मा ६ छोरी र १ छोरा रहेको महरा परिवारलाई आर्थिक सँकट भएपछि जानकारी पाएलगत्तै मैथिल सेवा समाजले उनको श्रीमतिलाई आर्थिक सहयोग गरेको बताईएको छ ।
मलेशियाबाट युवाहरुले उठाएको रकम र कतारबाट उठाएको रकम मैथिल सेवा समाज नेपालको समाज सेवी केन्द्रिय अध्यक्ष लक्ष्मी यादव , केन्द्रिय कोषाध्यक्ष कपिल देव यादव सहित गाउँ समाजका युवा, भ्रद्व भलादमीको रोहबरमा आर्थिक सहयोग गरिएको छ।
मैथिल सेवा समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अशोक कुमार यादवले महरा परिवारको लागि सहयोग गरेका संस्था भित्रका र संस्था बाहिरका सम्पुर्ण सहयोगीप्रति आभार प्रकट गरे ।
अध्यक्ष यादवले विदेशको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई सँस्थामा जुडेर परेको बेला विपन्न, गरिबलाई सहयोग गर्न आग्रह समेत गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…