जनकपुर यातायात कार्यालयबाट १५ दलाल पक्राउ
नयाँ लाईसेन्स खुल्ला नगरिएको भएपनि बिचौलियाहरुले अन्य कार्यको लागि कर्मचारीलाई मिलाएर सेवाग्राहीहरुबाट रकम उठाउने गरेको भन्दै पक्राउ गरिएको हो ।

२०७७ फागुन १९ बुधबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात कार्यालय जनकपुरबाट आज (बुधबार) १५ जना दलाल (विचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको यातायात कार्यालयबाट बुधबार दिउँसो नै १५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई सर्वसाधारणसँग पैसा लिएको आरोपमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी मकेन्द्र मिश्रका अनुसार, पक्राउ गरिएका १५ जनलाई शँकाको आधारमा पक्राउ गरिएको हो ।
यातायात कार्यालयमा जाने सर्वसाधारणहरुबाट रकम लिएर भित्रैबाट काम गराइदिने वापत सक्रिय रहेका १५ जनालाई प्रहरीले गुनासोको आधारमा पक्राउ गरेको हो ।
यातायात कार्यालयमा विचौलिया (दलाल) बिना काम नै नहुने र कर्मचारीले पनि काम नै नगरिदिने जस्ता व्यापाक जनगुनासो बढेपछि सिभिलमा गएका प्रहरीले शँकास्पद उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई बुधबार दिउँसो नै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । उनीहरुमाथि अनुसन्धान जारी राख्दै दोषी देखिए कारवाही प्रक्रिया अगाडी बढाउने डिएसपी मिश्रले बताए ।
केही दिन अघि मात्र जनकपुर यातायात कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारी गरेपछि अहिलेसम्म नयाँ लाईसेन्सको फाराम भने खुल्ला गरिएको छैनन् ।
नयाँ लाईसेन्स खुल्ला नगरिएको भएपनि बिचौलियाहरुले अन्य कार्यको लागि कर्मचारीलाई मिलाएर सेवाग्राहीहरुबाट रकम उठाउने गरेको भन्दै पक्राउ गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…