शैक्षिक शत्रको बिचमा पाठ्यक्रम परिवर्तनले विद्यार्थीहरु अन्यौलमा

यी दुई  मध्ये कुनै पनी विषय रोज्दा जुन सुकै संकायको नियमानुसार  स्नातक तह पढ्न पाउनु पर्छ यसको लागि स्पस्ट नीति ल्याउन आवश्यक देखिन्छ ।  

२०७७ फाल्गुण १९ बुधबार
बेलुकी ५:५८ बजे
  सुर्य नारायण चौधरी 

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७७ देखि लागु हुने गरि कक्षा ११ र १२ को लागि  २०७७ माघ २८ गते सुचना निकालि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित विषयलाई अनिवार्य विषयको सुचिमा  राखी कार्यान्वनको लागि सुचना निकाल्यो । यस अघि नेपाली, अग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, अनिवार्य विषयको रुपमा अध्ययन गरिरहेको थियो । 

अहिले नेपाल अधिराज्य भरिका एघारौ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु शैक्षिक शत्रको बिचमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित  विषयलाई  अनिवार्य विषयको रुपमा राखिएपछी कुन विषय छनोट गरि अध्ययन गर्ने भन्नेमा अन्योल र चिन्तित छन् । यसले विद्यार्थीहरुलाई मानसिक तनाव थपिएको छ ।

जर्नल अफ नेपाल मेडिकल एसोसियसन मेनानी गुरुङ्गहरुको समुहले गरेको अनुसन्धानमा २६.५ प्रतिशत लाई  एकेडेमिक एस्ट्रेस हुने गरेको देखिएको छ । यो अवस्था आउदा झन्  तनाब थपिन सक्छ जुन पक्कै पनी राम्रो कुरा होईन । यसलाई समाजशास्त्रिय दृष्टिकोणले हेर्दा अमेरिकन समाजशास्त्री ट्यालकट परसन्ले मानिस विरामी हुनु पर्ने कारण सामाजिक प्रक्रिया हो भनेर तर्क गर्छन यसै गरी अर्का समाजशास्त्री इलिट फ्रेडसनले विरामी हुने कारणमा समाज र त्यहाँ हुने वातावरण हो भनेका छन । 

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य बिषयको रुपमा  लागु गर्नु र फेरी  सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित विषयलाई अनिवार्य विषय बनाउन यसको औचित्य के हो ? स्पष्ट हुन जरुरी छ । साथै यी दुवै विषयको उच्च शिक्षामा कस्तो सम्बन्ध  रहन्छ बुझनु समेत जरुरी छ । स्मरण रहोस सामाजिक अध्ययन र मेडिकल सोसियोलोजी अनिवार्य विषयको रुपमा फार्मेसी, सामान्य चिकित्सा, स्नातक तह, जनस्वास्थ्य, नर्सिङ्ग संकायमा अध्यापन भईरहेको छ । 

सामाजिक अध्ययन  वा गणित विषयलाई  अनिवार्य विषयको रुपमा राख्दा यी दुई विषय मध्ये एक पढ्नु पर्छ । विद्यार्थीको क्षमता र रुची अनुसार जुन बिषय पढे पनि हुन्छ । अर्थात गणित बिषय प्रति रुची, क्षमता कम हुदा सामाजिक अध्ययन रोजी पढने अनि सामाजिक प्रति रुची नहुदा गणित विषय रोज्न पाउनेछन् । यी दुई  मध्ये कुनै पनी विषय रोज्दा जुन सुकै संकायको नियमानुसार  स्नातक तह पढ्न पाउनु पर्छ यसको लागि स्पस्ट नीति ल्याउन आवश्यक देखिन्छ ।  

सामाजिक वा गणित कुन विषय पढ्ने भनेर अझै पनि निश्चित नहुदा पाठयक्रम कहिले सकिन्छ भन्ने दुविधा बन्न सक्छ । फेरी पाठ्यबस्तु सकाउनु मात्र शिक्षकको काम नभई दक्ष र सक्षम जनशक्ती उत्पादन गर्नु पनी हो । हामीले संख्यात्मक मात्र होईन गुणात्मक पक्षलाई पनि जोड दिनुपर्छ ।

विद्यार्थीहरुलाई अन्योल पार्ने काम पक्कै पनि वुद्धिजिवीहरुको होईन । उनीहरुलाई स्पष्ट बाटो देखाउन सक्नु पर्छ । पाठ्यक्रम लागु गर्दा सम्बन्धित विज्ञहरुसंगं छलफल गरि समयमै लागु गरिनुपर्छ । शैक्षिक सत्रको बिचमा आएर अनिवार्य विषय परिवर्तन हुदाको पिडा छदैछ, यसले व्यवस्थापनलाई पनि विषयगत नयाँ शिक्षक राख्नुपर्ने र राखिएको शिक्षकलाई कसरी ब्यबस्थापन गर्ने भन्ने पनी चुनौती देखीन्छ ।    

आफ्नो देशका बालबालिकालाई दक्ष, सक्षम, सृर्जनशिलका साथै देशप्रेमी अनुशासित नागरिक तयार पार्र्नु राज्यको दायित्व हो ।. हरेक नागरिकले आफ्नो देशको इतिहास, भुगोल, सामाजिक  मुल्य, मान्यता, धर्म, साँस्कृतिक तथा राजनैतिक अवस्थाको बारेमा बुझ्न र त्यसमा समायोजन हुन् सिक्नु  आवश्यक छ ।

प्रत्येक नागरिकलाई  शिपमुलक, दक्ष नेतृत्वकर्ताका साथै समाजमा असल छाप छोड्न सक्ने बनाउनको लागि पाठ्यक्रमको पनि उतिकै आवश्यक पर्दछ । जीवनलाई रचनात्मक तथा उत्पादन मुलक बनाउन बैज्ञानिक पाठयक्रमको आवश्यक पर्दछ । जुन पाठ्यक्रमको निर्माण विभिन्न चरणमा विषय विज्ञहरु संग छलफल गरेर उपयुक्त तहमा उपयुक्त समयमा लागु गरिएको हुन्छ .। 

विद्यार्थीहरुलाई अनुशासित नागरिक, प्रजातान्त्रिक मुल्य, मान्यताको जानकारी, सकारात्मक सोचका साथ हाम्रो मौलिक परम्परा, राष्टिय सम्पदाहरुको संरक्षण तथा प्रवर्धन गरि समुदाय, समाज तथा देशको अबस्था बारे बैज्ञानिक खोज अनुसन्धान गरि विश्लेषण गर्न सक्नु, सामाजिक अबस्था र समस्याको कारण खोज्नू, बुझ्नु र प्रस्तुत गर्न सक्ने सक्षम व्यक्ति  बनाउने  उदेश्य हो ।

यहि उदेश्यहरु पुरा गर्नको लागी नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्रले पहिलो पटक ११ र १२ कक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अनिवार्य विषयको रुपमा अध्ययन गर्नुपर्छ भनेर लागु गरे । तर अनिवार्य विषयको रुपमा पढिरहेको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई अथवा मा राखीयो । 

पाठ्यक्रम बिकास केन्द्रको अदुरदर्शीताले सम्बन्धित पक्ष पिडित हुन पर्ने पक्कै राम्रो पक्ष भने होइन । शैक्षिक सत्र सुरु हुनु अघाडी नै सम्बन्धित विषय विज्ञह? संग छलफल गरेको भए यस्तो परिस्थिती आउदैन थियो होला । हरेक बिषयको आ–आफ्नै किसिमको महत्व छ ।

सामाजिक अध्ययन र गणित विषयको उदेश्य तथा महत्व  पनि अपरिहार्य छ । केवल यति मात्र हो पाठयक्रम लागु गर्दा प्रस्ट संग शैक्षिकसत्रको सुरुवाती चरण देखि लागु गरिनु पर्छ । ताकी विद्यार्थी, ब्यबस्थापक र अभिभाबकले पुर्व तयारी गर्न पाउन र बिद्यार्थीहरु अन्योलमा नपरुन । .


 
सुर्य नारायण चौधरी 
प्राध्यापक

 

  • 14%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला

  • २०७७ फाल्गुण १९ बुधबार

eNewsbureau, काठमान्डौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।  गाईघाटस्थित लोकतान्त्रिक

पूरा पढ्नुहोस्

Bureau Menus