नेपालका आम सर्वसाधारणमा ‘घण्टा भाइरस’ को त्रास

२०८३ श्रावण ४ सोमबार
बिहान १०:२५ बजे
काशिन्द्र कुमार शर्मा

नेपालमा पछिल्ला केही वर्षयता एउटा नयाँ "भाइरस" फैलिएको चर्चा हुन थालेको छ । यसको नाम वैज्ञानिकहरूले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताले राखेका हुन्:- "घण्टा भाइरस"

घण्टा भाइरसले शरीरलाई होइन, बहस गर्ने शैलीलाई संक्रमित बनाउँछ । संक्रमित भएपछि कुनै पनि विषयको पहिलो प्रतिक्रिया तथ्य हेर्नु होइन, आफ्नो पक्ष बचाउनु हुन्छ । सरकारको निर्णय राम्रो होस् वा नराम्रो, नीति सफल होस् वा असफल, जवाफ एउटै– "ठिकै छ", "यही सही हो", "अरूले के गरे?", "पहिलेका भन्दा राम्रो छ ।"

घण्टा भाइरसको अर्को रोचक लक्षण भनेको आलोचनाप्रति असहिष्णुता हो । कसैले कुनै निर्णयमाथि प्रश्न उठायो भने त्यसको उत्तर तथ्य वा तर्कले होइन, गाली, व्यंग्य, व्यक्तिगत आक्रमण वा सामाजिक सञ्जालमा भिड लगाएर दिने प्रयास गरिन्छ । मानौं, फरक मत राख्नु नै सबैभन्दा ठूलो अपराध हो ।

घण्टा भाइरसको असर सञ्चारमाध्यममा पनि देखिन्छ । कुनै समाचार मन परेन भने त्यसको तथ्य जाँच गर्नेभन्दा पहिले पत्रकारलाई नै गाली गर्ने, मिडियालाई "बिकाउ", "दलाल" वा अन्य उपनाम दिने प्रवृत्ति बढ्दै गएको छ । समाचारको विषयभन्दा समाचार बनाउने व्यक्ति नै निशानामा पर्छ ।

घण्टा भाइरसको अर्को विशेषता भनेको व्यक्तिपूजा हो । लोकतन्त्रमा नीति, काम र निर्णयको मूल्यांकन हुनुपर्नेमा यहाँ व्यक्ति कहिल्यै गलत हुनै नसक्ने मानिन्छ । कुनै कमजोरी देखाइयो भने तुरुन्त प्रतिवाद सुरु हुन्छ– "यो सबै षड्यन्त्र हो ।"

विडम्बना के छ भने, यही प्रवृत्ति विगतमा अन्य राजनीतिक दलका कट्टर समर्थकमा पनि देखिएको थियो । समय फेरियो, दल फेरिए, चुनाव चिन्ह फेरियो, तर अन्धसमर्थन गर्ने शैली धेरै ठाउँमा उस्तै देखिन्छ । त्यसैले "घण्टा भाइरस" कुनै एउटा दलमा सीमित छ भन्नेभन्दा पनि अन्धभक्ति र असहिष्णुताको प्रवृत्तिको प्रतीकका रूपमा बुझ्न सकिन्छ ।

लोकतन्त्रमा समर्थन गर्ने अधिकार जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण प्रश्न गर्ने अधिकार पनि हो । सरकारको राम्रो कामको प्रशंसा गर्नु नागरिक कर्तव्य हो भने कमजोरीको आलोचना गर्नु पनि लोकतान्त्रिक जिम्मेवारी नै हो । आलोचना सुन्न नसक्ने र फरक मतलाई शत्रु ठान्ने संस्कृति बलियो बन्दै गयो भने त्यसले कुनै एक दललाई मात्र होइन, समग्र लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँछ ।

त्यसैले "घण्टा भाइरस" को सबैभन्दा प्रभावकारी उपचार कुनै औषधि होइन । तथ्य जाँच्ने बानी, फरक मतको सम्मान, सभ्य बहस र आलोचनालाई लोकतन्त्रको सामान्य प्रक्रिया मान्ने संस्कार नै यसको वास्तविक खोप हो ।

लोकतन्त्रमा सबैले आफ्नो फरक मत राख्न पाउँछ । सरकारको विरोध गर्दैमा मैँ मात्र सही हुँ, तँ गलत हो भन्ने प्रवृतिले लोकतान्त्रिक खतरा हुन सक्छ । त्यसैले समाजिक सँजालमा घण्टा भाईरसको प्रभाव सुरुमा जमेपनि अब सँक्रमणमुक्त हुँदै गएको अवस्था छ । 

(यो मात्र व्यँगात्मक टिप्पणी हो । )

  • 50%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला नगरपालिकामा 'ग्रामीण अल्ट्रासाउण्ड सेवा' सुरु, गर्भवती महिलाले घर नजिकै पाउनेछन् USG सुविधा

  • २०८३ श्रावण ४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले ग्रामीण भेगका नागरिकलाई सहज तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड (USG) सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नगरपालिकाको पहलमा

पूरा पढ्नुहोस्

Bureau Menus