जनकपुरमा ट्राफिकको 'सरप्राईज चेकिँग', सयौं गाडी कारवाहीमा
विहान ८ बजेदेखि सुरु गरिएको सरप्राईज चेकिँगको क्रममा जनकपुर नगरभित्रै सयौं बढी सवारी साधन कारवाहीमा परेको ईन्सपेकटर न्यौपानेले जानकारी दिए ।

२०७७ फागुन १९ बुधबार, बिहान १०:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थयाी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरीले सरप्राईज (अचम्म) चेकिँग गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरधाम नगरभित्र कडा चेकिँग सुरु गरेको छ । विहानैदेखि जनकपुरको विभिन्न चोकमा मोटो सँख्यामा ट्राफिक प्रहरी खटाएर चेकिँग सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) नवराज न्यौपानेको नेतृत्वमा जनकपुरको कमदचोक, भानुचोक, मिल्सएरिया, पिडारीचोक, रामानन्दचोक, जिरोमाईल, जानकीचोक, जनकचोक, रामचोक, मुरलीचोक, विषहाराचोक, हस्पिटल रोड सहित गल्ली–गल्लीमा ट्राफिक प्रहरी खटाएको छ ।
ईन्सपेक्टर न्यौपानेका अनुसार, जनकपुर नगरभित्र चौपाया (गाई,वस्तु) लाई ठक्कर हानेर भाग्ने, मान्छेलाई ठक्कर दिए भाग्ने, दिनहुँ दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै दुर्घटना न्यूनिकरणको लागि सरप्राईज चेकिँग सुरु गरिएको हो ।
विहान ८ बजेदेखि सुरु गरिएको सरप्राईज चेकिँगको क्रममा जनकपुर नगरभित्रै सयौं बढी सवारी साधन कारवाहीमा परेको ईन्सपेकटर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, लाईसेन्स नभएको, बिलबुक नभएको, सरकारी सवारीको दुरुपयोग गरेको, कर फेल भएको, तीन जना चढाएको, हेल्मेट नलगाएको, ट्राफिक नियम पालना नगरेको, लेन अनुशासन समेत पालन नगर्नेहरुलाई कारवाही गरिएको छ ।
“कागजपत्र नभएको अवस्थामा १५०० रुपैयाँ फाईन काट्ने गरेका छौं, तर व्यवहारिकमा केही कागजपत्र भएको अवस्थामा मिनिमम १००० रुपैयाँसम्म जरिवाना काटेर पठाउने गरेका छौं । आज सरप्राईज चेकिँग छ र अब निरन्तर यो चेकिँग जनकपुरमा चलिरहन्छ । ”– उनले भने ।
जनकपुरमा केही उच्छृँग गतिविधि लगायत व्यस्त सडकमा पनि रोड राईड गर्नेहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने गरेको जानकारी ईन्स्पेक्टर न्यौपानेले दिए । विहानदेखि १०ः३० बजेसम्म करिब अढाई घण्टाकै अन्तरालमा सयौं सवारी साधनलाई कारवाही गरिएको हो ।

ईन्सपेक्टर न्यौपानेका अनुसार, सरकारी गाडीमाथि कडा निगरानी राखेको भन्दै सरकारी गाडीको दुरुपयोगलाई पनि न्यूनिकरण अनिवार्य चेकिँगबाट हुनेछ ।
आजको सरप्राईज चेकिँगमा गाउँस्तरबाट सिडिओ अफिस, मालपोत कार्यालय लगायत अन्य कार्यालयहरुमा गाउँस्तरबाट आउने सर्वसाधारण कारवाहीमा परेका छन् । उनीहरुले सवारीको कागजपत्र नबोकेको, हेल्मेट नलगाएको, तीन जना सवार भएको अवस्थामा बढी कारवाहीमा परेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…