धनुषामा एकाएक कुहिरो (धुन्ही)
बुधबारसम्म मौसम सफा र सूर्योदय रहेपनि आज विहानैदेखि कुहिरो लागेर घाम समेत उदाउन सकेको देखिएको छैनन् ।

२०७७ फागुन १३ बिहीबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को विभिन्न जिल्लामा आज (विहिबार) अचानक कुहिरो (धुन्ही) लागेपछि जनजीवन प्रभावित भएको छ ।
अन्तिम माघदेखि नै मौसम सफाभएपछि जनजीवन समान्य भएकोमा विहिबार विहानदेखि मोटो कुहिरो लागेपछि सर्वसाधारणको दैनिकीमा असर परेको छ ।
प्रदेश नम्बर २ को धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही लगायतका जिल्लाहरुमा विहानैदेखि कुहिरो लागेको हो । कुहिरोसँगै जाडो पनि बढेको छ ।
बुधबारसम्म मौसम सफा र सूर्योदय रहेपनि आज विहानैदेखि कुहिरो लागेर घाम समेत उदाउन सकेको देखिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…