जनकपुरः रुखमा झुण्डिएको अवस्थामा किशोरी मृत फेला !
किशोरी झुण्डिएको घटना बारे अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पोष्टमार्टको रिपोर्ट आएपछि मात्र यथार्थ आउन सक्ने बताइएको छ ।

२०७७ फागुन १२ बुधबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको हँसपुरमा एक किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
बुधबार विहान करिब ७ बजेको समयमा धनुषाको हँसपुर नगरपालिकाको वडा नम्बर ८ रमनगरा स्थित अन्दाजी बर्ष १६ की किशोरी आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार किशोरी स्थानीय विनोद मुखियाकी छोरी रहेकी छन् । गाउँदेखि करिब १ किलोमिटरको दुरीमा खेतमा रहेको आँपको रुपमा डोरीमा झुण्डिएको अवस्थामा गाउँलेहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
विनोद मुखियाकी छोरी रामकुमारी मुखिया बिहानै रुखमा झुण्डिरहेको अवस्थामा देखेपछि स्थानीयहरुले तत्कालै प्रहरीलाई खवर गरी बोलाएको थियो । समयमै गएको प्रहरीले मुचुल्का उठाएको बताइएको छ ।
रमनगरा गाउँको करिब १ किलोमिटर उत्तर पश्चिम तर्फ आपँको रुखमा मुखिया झुण्डिएको अवस्थामा देखिएको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ ।
किशोरी झुण्डिएको घटना बारे अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पोष्टमार्टको रिपोर्ट आएपछि मात्र यथार्थ आउन सक्ने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…