कोरोना समयको राहत अहिले वितरण
न्यूज ब्यूरो, वीरगँज । कोरोना महामारी बिरुद्धको प्रयासमा हाम्रो एक्यवद्धता नाराको साथ खाधान्न सामाग्री सहयोग कार्यक्रम अन्तर्गत पर्साको एक पालिकामा राहत समाग्री वितरण गरिएको छ । कोरोनाको समयमा गरिबीको रेखामुनी रहेका घर परिवारलाई राहतको आवश्यकतालाई औल्याउँदै तय गरिएको राहत समाग्री अझै वितरण गरिरहेको

२०७७ फागुन ११ मंगलबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । कोरोना महामारी बिरुद्धको प्रयासमा हाम्रो एक्यवद्धता नाराको साथ खाधान्न सामाग्री सहयोग कार्यक्रम अन्तर्गत पर्साको एक पालिकामा राहत समाग्री वितरण गरिएको छ ।
कोरोनाको समयमा गरिबीको रेखामुनी रहेका घर परिवारलाई राहतको आवश्यकतालाई औल्याउँदै तय गरिएको राहत समाग्री अझै वितरण गरिरहेको छ । पर्साको पकहामैनपुर गाउँपालिकाको समन्वय र यूकेएड, स्टीट चाइल्डको सहयोगमा सहास नेपाल, जवास तथा आसमान नेपालको सझेदारीमा राहत वितरण गरिएको हो ।
सो गाउँपालिकाको अल्पसँख्यक तथा सीमान्तकृत, दलित समुदायमा मुसहर,डोम, तत्मा (दास) जातीका १ सय ४ जना लाई एक कार्यक्रमबीच राहत वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष बिजय चौरसियाले राहत बितरण गरेका छन। राहतमा चामल,२५ किलो, दाल मसुरो २ किलो, मासदाल ३ किलो, चना २ किलो ,खाने तेल ३ लीटर, नुन ३ किलोको रहेको छ ।
राहत बितरण कार्यक्रममा वडाअधयक्ष मदन साह, ढेरी यादव, आसमान नेपालका कार्यक्रम इमरजेन्सी अफिसर धर्मेन्द्र चौरसीया,जवासका शिवनाथ यादव , सुरेन्द्र सिंह लगायतका सहभागिता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…