प्रदेश २ः मुद्दामा साक्षी (गवाही) बसेका दम्पत्ति बेपत्ता, जनकपुर-जलेश्वर सडक अवरुद्ध !
प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए।

२०७७ फागुन ११ मंगलबार, बिहान १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरीमा एक दम्पत्ति गएरातीदेखि नै बेपत्ता भएको प्रहरीले जनाएको छ ।
महोतरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका दम्पति राति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले सो स्थलमा प्रहरीको टोली पुगेर अनुस्न्धान थालेको छ ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवा टोलका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी राति सुतेकै ठाउँबाट बेपत्ता भएका हुन्।
झा दम्पति सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद बनेको छ। दुवै जनाको तीव्र खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताए।
बिहानै अबेरसम्म झा दम्पति नउठेपछि हेर्दा झा दम्पति ओछ्यानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।
प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए।
अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद भएको थियो। झा दम्पति बेपत्ता भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…