जनकपुरको होटलमा एक युवति मृत फेला
यद्यपी, यो परिचय असली हो वा नक्कली भन्ने बारे प्रहरीले अनुसन्धान तीव्र रुपमा थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७७ फागुन ८ शनिबार, राति ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवति मृत अवस्थामा फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ पुरानो बस स्टैण्ड स्थित रहेको नमस्कार होटल एण्ड गेष्ट हाउसमा युवति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी बर्ष ३० की युवति शनिबार साँझ मृत अवस्थामा होटलको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
उनी होटेलको कोठामा झुण्डिएको अवस्थामा शनिबार साँझ फेला परेको मिश्रले बताए । उनी त्यस गेस्ट हाउसमा विगत २ दिनदेखि बस्दै आएकी थिइन् ।
शुक्रबार दिउँसो १ बजे होटल नमस्कारको कोठा नम्बर ११३ मा पसेकी युवति शनिबार दिउँसो चेकआउट गर्ने बेलामा झुण्डिएको अवस्थामा फेला परेको डिएसपी मिश्रले बताए ।
होटलको ईन्ट्री रजिष्टरमा प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३० की समिक्षा पोखरेल पाण्डे लेखाएको प्रहरीले जनाएको छ ।
यद्यपी, यो परिचय असली हो वा नक्कली भन्ने बारे प्रहरीले अनुसन्धान तीव्र रुपमा थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । होटललाई अहिले प्रहरीले जाम गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…