टिकटक बनाउने विद्यार्थीको सबै परीक्षा रद्द, सुपरिटेन्डेन्ट र गार्ड ३ बर्षको लागि निकालिए
सोही मोबाईलमा टिकटक समेत बनाएर हालेको भिडियो फेला परेपछि उनको सबै परीक्षा रद्द गरिदिएको हो ।

२०७७ फागुन ६ बिहीबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । परीक्षा हलमा नै टिकटक बनाएको भन्दै राष्ट्रिय परीक्षा बोर्ड (एनइबी- NEB) ले एक परीक्षार्थीको सबै परीक्षा रद्द गरिदिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको हो । बोर्डले एक सूचना प्रकाशित गर्दै यस्तो निर्णयको जानकारी दिएको हो ।
बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ ।
साथै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।
परीक्षा केन्द्रमा परीक्षार्थीले पालना गर्नुपर्ने नियम, अनुसाशनको विपरित शाहीले परीक्षाकेन्द्रभित्र मोबाईल लगेको र सोही मोबाईलमा टिकटक समेत बनाएर हालेको भिडियो फेला परेपछि उनको सबै परीक्षा रद्द गरिदिएको हो ।
परीक्षा केन्द्रमा गार्डको रुपमा खटिएका शिक्षक कमल बहादुर शाहीले पनि टिकटक बनाउँदा ध्यान नदिएको भन्दै ३ बर्षको लागि रस्टिकेट गरिएको छ भने केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) लाई पनि ३ बर्षको लागि रस्टिकेट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…