प्रदेश २ः यी स्थानीय तहमा भोली सार्वजनिक विदाको घोषणा
सोही शोकसभालाई मध्यनजर गर्दै बरहथवा नगरपालिकाभित्र मातहतको सबै सरकारी कार्यालयहरु विदाको घोषणा गरेको हो ।

२०७७ फागुन ५ बुधबार, राति ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को एक स्थानीय तहले भोली विहिबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
प्रदेश नम्बर २ को सर्लाही जिल्ला स्थित रहेको बरहथवा नगरपालिकाले एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् सर्लाही जिल्ला ईन्चार्ज समेत रहेका डाँचाराज बाग्लेको मृत्यू भएको भन्दै सार्वजनिक विदाको घोषणा गरेको हो ।
बहरहथवा नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेता बाग्लेको शोक सभा आयोजना गर्ने भएको भन्दै फागुन ६ गते विहिबार नगरपालिका भित्रको सबै माहतहका कार्यालहरुमा शोक विदा दिएको उल्लेख गरिएको छ ।
गत माघ २१ गते बरहथवा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमबाट घर फर्कने क्रममा सोही राती करिब ८ः४५ बजेको समयमा सर्लाहीको मूर्तियादेखि नयाँ रोड सडकखण्डमा जाँदै गर्दा सवारी दुर्घटनामा परी उनको मृत्यू भएको थियो ।

विहिबार मृतक बाग्लेको नीजी निवास सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ स्थित नै शोकसभा आयोजना गरिएको जनाइको छ । सोही शोकसभालाई मध्यनजर गर्दै बरहथवा नगरपालिकाभित्र मातहतको सबै सरकारी कार्यालयहरु विदाको घोषणा गरेको हो ।
नगरपालिकाले एक नेताको मृत्यूपछि सिँगो स्थानीय तहमै विदाको घोषणा गरेको भन्दै समाजिक सँजालमा विभिन्न टिकाटिप्पणीहरु गरिएको छ । समाजिक सँजालमा प्रयोगकर्ताहरुले नगरपालिका एक पार्टीको भएको की जनताको भएको भनेर प्रश्न पनि तेर्साएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…