डिजे बोकेर जन्ती (बाराती) जाँदै गरेको ट्रयाक्टर पल्टिदाँ एकजनाको मृत्यू
उनको दुर्घटनापछि सोही ट्रयाक्टरमा किचिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।

२०७७ फागुन ४ मंगलबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहामा मँगलबार जन्ती जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एक जना जन्ती (बाराती) को मृत्यू भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत आज (मँगलबार) दिउँसो करिब ३ बजेको समयमा ओभर स्पीडका कारण राजमार्गको छेउमा गएर पल्टिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गमै पर्ने सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ भुल्के पूल स्थित ना ५ त ७३२० नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिदाँ मानवीय क्षति पनि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार, ट्रयाक्टर दुर्घटनामा परी सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी बर्ष ४५ का धनबीर रामको मृत्यू भएको छ । उनको दुर्घटनापछि सोही ट्रयाक्टरमा किचिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
सो ट्रयाक्टरमा डिजे सहित केही जन्ती पनि बसेका थिए । धनगढीमाई नगरपालिकाबाट सिरहाको बन्दीपुर तर्फ निस्केको ट्रयाक्टरमा डिजे बजाउँदै गइरहेको अवस्थामै तीव्र गतिका कारण अनियन्त्रीत भएर पल्टिएपछि रामको मृत्यू भएको हो ।
शव लाई पोस्मार्टमको लागि लहान अस्पताल लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…