नवजात शिशु खेतमा फेला
प्रहरीका अनुसार, शिशुलाई जिउँदै वा मृत अवस्थामा फालेर भागेको बारे अझै अनुसन्धान भइरहेको छ भने शिशु कस्को रहेको बारे खोजी कार्य जारी रहेको छ ।

२०७७ माघ ३० शुक्रबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा खेतमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ । रौतहटको सदरमुकाम गौरको पश्चिम पट्टी रहेको ईशनाथ नगरपालिका क्षेत्रमा एक जना नवजात शिशुको शव भेटिएको फेला परेको हो।
ईशनाथ नगरपालिका वर्डा नम्बर ९ लौतना–डुमरिया सडकको छेउमा नवजात शिशु बेबारिसे अवस्थामा भेटिएको हो । बेबारिसे अवस्थामा शिशुको शव देखिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले तत्कालै प्रहरीलाई जानकारी गराएको थियो ।
शुक्रबार दिउँसो करिब ३ बजेको समयमा खेतमा कपडामा बेरिएर राखिएको अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शिशु कसले र कुन अवस्थामा फालिएको जानकारी भने आएको छैनन् ।
प्रहरीका अनुसार, शिशुलाई जिउँदै वा मृत अवस्थामा फालेर भागेको बारे अझै अनुसन्धान भइरहेको छ भने शिशु कस्को रहेको बारे खोजी कार्य जारी रहेको छ । शिशु करिब ३/४ महिनाको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…