मुख्यमन्त्रीे स्वच्छता अभियानको गाडीले ठक्कर दिएपछि टेम्पो चालकको मृत्यू !
सार्वजनिक विदा दिएको दिन पनि मुख्यमन्त्रीको स्वच्छता अभियानको गाडी किन र केको लागि गएको भनेर खुल्न सकेको छैनन् ।

२०७७ माघ ३० शुक्रबार, दिउँसो २:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउतको स्वच्छता अभियानको एक गाडीले ठक्कर दिएपछि एकजनाको मृत्यू भएको छ ।
प्रदेश २ को सिरहा जिल्ला स्थित सिरहा–चौहर्वा सडकखण्डमा मुख्यमन्त्री स्वच्छता अभियानको गाडीले एक टेम्पोलाई ठक्कर दिएपछि टेम्पो चालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुर चौक स्थित गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । शुक्रबार विहान करिब ११ बजेतर्फ टेम्पोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
लक्ष्मीपुर चौकमा सिरहाबाट चोहर्वा तर्फ जादै गरेको स १ ह ३०४३ नम्बरको टेम्पो र विपरीत दिशाबाट चोहर्वाबाट सिरहा तर्फ जाँदै गरेको प्रदेश २–०२००१ झ ००५७ नम्बरको मुख्यमन्त्री स्वक्षता अभियानको स्कारपियोकोले ठक्कर दिएको हो ।
ठक्कर दिँदा टेम्पो चालक सिरहा कल्याणपुर नगरपालिलका वडा नम्बर १२ बस्ने अन्दाजी बर्ष ४० का जय प्रकाश साहको मृत्यु भएको हो । उनलाई ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यू भएको बताइएको छ ।
ठक्कर दिने मुख्यमन्त्री स्वक्षता अभियाको गाडी र गाडी चालक नियन्त्रणमा रहेको छ । चालक धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षीय रबिन्द्र झा रहेको तथा उनलाई ईलाका प्रहरी कार्यालय लहानमा अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ ।
मृतक टेम्पो चालकको लास पोष्टमार्टमाको लागि लहान स्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय सिहाका एसपी सुदिप राजभण्डारीले जानकारी दिए।
केन्द्र सरकार सहित प्रदेश सरकारले समेत सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको दिन पनि मुख्यमन्त्रीको स्वच्छता अभियानको गाडी किन र केको लागि गएको भनेर खुल्न सकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…