विदेशमा रहेका नेपालीहरुलाई पनि भोंटमा सहभागी गराउनुपर्छ : डा. सिके राउत
डा. राउत नेतृत्वको जनमत पार्टीले चुनावलाई पूर्णतः निष्पक्ष बनाउन माग अघि सारेको हो ।

२०७७ माघ ३० शुक्रबार, बिहान १०:०९ बजे२ मिनेट पढाइ
डा. राउत नेतृत्वको जनमत पार्टीले चुनावलाई पूर्णतः निष्पक्ष बनाउन माग अघि सारेको हो ।

२०७७ माघ ३० शुक्रबार, बिहान १०:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुलाई समेत निर्वाचनमा सहभागी गराउनुपर्ने माग अघि सारेका छन् ।
निर्वाचन आयोगलाई जनमत पार्टीले बुधबार बुझाएको ज्ञापन पत्रममा देशिक रोजगारमा लाखौं योग्य मतदाता रहेको भन्दै उनीहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउन माग गरेको हो । उनीहरुलाई पनि मतदानको अधिकार सुरक्षित गर्न माग गरेको हो ।
आगामी बैशाख १७ गते र २७ गतेको लागि घोषणा गरिएको प्रतिनीधि सभाको निर्वाचनको लागि विदेशमा कामको शिलशिलामा रहेका नागरिकहरुलाई समेत भोंटमा सहभागी गराएर मतदाताको मत बुझ्न आग्रह गरेका छन् ।
निर्वाचनकै लागि निर्वाचन आयोगले मतदाता दर्ता कार्य एक्कासि रोकिदिँदा लाखौं योग्य मतदाताहरूले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन नसकेको बताउँदै उनीहरुलाई वैकल्पिक तरिकाबाट भएपनि मतदानमा सहभागी गराउन माग गरेको हो ।
“उनीहरूलाई मतदानको अधिकारबाट बँचित हुनबाट जोगाउन मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनका लागि उपयुक्त निर्णय गरी वातावरण बनाइदिनु हुन अनुरोध गर्दछौँ ।” ज्ञापनपत्रमा उल्लेख छ ।
वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका महिला पुरुषलाई पनि कुनै माध्यमबाट मतदान निर्वाचनमा सहभागी हुन पाउने गरी बाटो खोजी सहभागी गराउन माग गरेको हो । लाखौंको सँख्यामा विदेशमा रहेका नेपालीहरुले पनि आ–आफ्नो प्रतिनीधि छान्न पाउने अधिकारबाट बँचित नगराउन आग्रह गरेको हो ।
यसका साथै, जनमत पार्टीले सदैव स्वच्छ, निष्पक्ष निर्वाचनको पक्षमा रहेको जीकिर गर्दै निर्वाचनको क्रममा अहिले विभिन्न पार्टीहरुका नेता तथा कार्यकर्ताहरुद्धारा आक्रमण गराउने, डर त्रास देखाउने, पैसाको लोभलालच देखाउने, स्थानीय जनप्रतिनीधि वा प्रशासनद्धारा यातना दिन लगाउने, मत खरिदविक्री गर्ने, मतगणनामा गडबडी गर्ने जस्ता गैरकानुनी तथा अनैतिक क्रियाकलापलाई आयोगलाई निगरानीका साथ हेरिदिन आग्रह समेत गरेको हो ।
डा. राउत नेतृत्वको जनमत पार्टीले चुनावलाई पूर्णतः निष्पक्ष बनाउन माग अघि सारेको हो । जनमत पार्टीको निर्वाचन आयोगले चुनाव चिन्हमा हर्न (लाउडस्पीकर छाप) प्रदान गरेको हो । जनमत पार्टी उप निर्वाचनमा गत वर्ष सहभागीता जनाएको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…