नेतृ झाँक्रीको घरमा प्रहरी पुगेपछि प्रधानमन्त्रीलाई 'खडके चोर, देश छोर' भन्दै विरोध
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

२०७७ माघ २९ बिहीबार, दिउँसो १२:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनका समर्थकहरुले प्रधानमन्त्रीलाई केन्द्रीत गर्दै नारावाजी गरेका छन् ।
नेतृ रामकुमारी झाँक्रीकी समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीत गर्दै खडके चोर, देश छोड जस्ता नारा लगाउँदै नारावाजी गरेका हुन् । समर्थकहरुले प्रहरीको विरोधमा समेत नारावाजी गरेको हो ।
प्रहरीले नेतृ झाँक्रीलाई पक्राउ गर्नको लागि उनको निवासमै पुगेपछि उनका समर्थकहरुले प्रधानमन्त्री ओली सहित प्रहरीको विरोधमा नारावाजी गरेको हो । उनका समर्थकहरुले प्रहरी हस्तक्षेप गर्न पाईदैन जस्ता नाराहरु लगाएका छन् ।
नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय प्रहरी महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न गएको छ । झाँक्रीले भने यो राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले प्रहरीको जान अस्वीकार गरेकी थिइन् ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
#Ramkuamri_jhakri
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…