राजमार्गमा सवारी साधन स्पीडमा चलाउने उपर अब सेनाको निगरानी
राजमार्ग निकुञ्ज क्षेत्रको अमलेखगञ्ज सडकमा दुई साताअघि पनि चितुवाले एक्कासि सडक पार गर्दा मोटरसाइकल चालक आत्तिएर मोटरसाइकल अनियन्त्रित भई लड्दा घाइते भएका थिए।

२०७७ माघ २७ मंगलबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ को पूर्व पश्चिम राजमार्ग अन्गर्तत तीव्र गतिमा सवारी चलाउने उपर नेपाली सेनाले निगरानी गर्ने भएको छ ।
बारा जिल्ला खण्डमा तीव्र गतिमा गुड्ने सवारी साधनहरूमाथि नेपाली सेनाले निगरानी बढाइरहेको छ। पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, बारा अन्तर्गत निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको टोलीले सो निगरानी केही सातायतादेखि बढाएका हुन्।
निकुञ्ज क्षेत्र अन्तर्गत पर्ने पथलैया देखि अमलेखगञ्ज र पथलैया देखि निजगढ सडकखण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनहरूमा उक्त निगरानी बढाएको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, बाराका प्रमुख एवम् संरक्षण अधिकृत मनोज साहले बताएका छन्।
एक महीनाअघि सोही राजमार्गको पथलैयानजीकैको सडकमा कारको ठक्करले पोथी पाटेबाघको घटनास्थलमैं ज्यान गएपछि वन्यजन्तुको सुरक्षाका लागि साधनस्रोतको अभावका बावजूद पनि सेनाले वन्यजन्तुसँगै सवारीसाधन, मानव दुर्घटना रोक्न राजमार्गका सडकमा सेनाको टोली खटाएको पर्सा राष्ट्रिय निकुञ्जका लागि सुरक्षार्थ खटिएको श्री सराद्धिबक्स गणमा प्रमुख गणपति कर्णेल प्रकाश थापाले बताए।
सवारीसाधनहरूको गति मापन गर्ने स्पीडगन, आवश्यक सवारी भ्यानलगायतका अन्य सामग्रीसहितको व्यवस्थितरूपमा राजमार्गमा गुड्ने सवारीसाधनहरूको गतिलाई सीमित पार्न चालकहरूलाई आग्रह गर्ने, त्यसलाई उल्लङ्घन गर्ने चालक, सवारीसाधनहरूका हकमा ट्राफिक प्रहरीले कारबाही गर्ने गरी समन्वय भएको गणपति थापाले जानकारी दिए ।
राजमार्ग निकुञ्ज क्षेत्रको अमलेखगञ्ज सडकमा दुई साताअघि पनि चितुवाले एक्कासि सडक पार गर्दा मोटरसाइकल चालक आत्तिएर मोटरसाइकल अनियन्त्रित भई लड्दा घाइते भएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…