धनुषाको तिनकोरियामा श्रीमद् भागवत ज्ञान यज्ञ
तिनकोरियाचोकमै रहेको जनता माध्यमिक विद्यालयको पूर्वपट्टि मैदानमा राखिएको कथा प्रवचन यज्ञमा आसापासका गाउँहरुबाट सयौंको सँख्यामा श्रद्धालुभक्तजनहरु प्रवचन सुन्नको लागि आउने गरेको छ ।

२०७७ माघ २७ मंगलबार, बिहान ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको विदेह नगरपालिकाको तिनकोरिचोकमा धार्मिक श्रीमद्भागवत यज्ञ भइरहेको छ ।
विदेह नगरपालिकाको मुख्य बजार भनिने तिनकोरिया चोकमै मानव कल्याणको उदेश्य सहित श्रीमदभागवत कथा ज्ञान यज्ञ भइरहेको छ । समग्र तिनकोरियाचोकवासीहरुले गत माघ २५ गतेदेखि नै यज्ञ सुरु गराएको हो ।
यज्ञका सहयोगी स्थानीय सुरेश रोहिताका अनुसार, महायज्ञ आगामी फागुन १ गतेसम्म जारी रहनेछ । यज्ञको लागि तिनकोरियाको आसपासका गाउँहरुबाट श्रद्धालुहरु कथा प्रवचन सुन्नको लागि आउने गरेको रोहिताले बताए ।
यज्ञमा स्वामी शिवानन्दजी र कथा व्यास भागवत भास्कर विदुषी मैत्रेयी भारतीले संयुक्तरूपमा भागवत प्रवचन दिइरहेका छन् । धार्मिक कथा प्रवचनको लागि तिनकोरियावासीहरुले सबै व्यवस्था मिलाएको यज्ञ व्यवस्थापन समितिका अध्यक्ष दुःखी मण्डलले बताए ।
तिनकोरियाचोकमै रहेको जनता माध्यमिक विद्यालयको पूर्वपट्टि मैदानमा राखिएको कथा प्रवचन यज्ञमा आसापासका गाउँहरुबाट सयौंको सँख्यामा श्रद्धालुभक्तजनहरु प्रवचन सुन्नको लागि आउने गरेको छ ।
यज्ञको प्रवचन प्रत्येक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ५ घण्टासम्म हुने गरेको आयोजक समितिले जनाएको छ । गत माघ २४ गते शनिबार विशाल कलशयात्रा निकालेर त्यसको भोलीपल्ट माघ २५ गतेदेखि यज्ञ विधिवत रुपमा प्रारम्भ भएको समितिका सचिव बेचन मण्डलले बताए ।
ब्रम्हज्ञानकेन्द्र नेपालद्धारा सो यज्ञ मावन जीवन कल्याणको लागि आयोजना गरिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…