मैथिली सेवा समाज कतारद्धारा ३० जनालाई न्यानो बलैन्केट
चिसोमा पनि केही घर परिवारलाई न्यानो कपडाको अभावका कारण जनजीवन प्रभावित भएको खवर पाएपछि मैथिल सेवा समाजले तत्कालै उनीहरुलाई राहत स्वरुप ३० वटा ब्लैन्केट (कम्बल) वितरण गरेको हो ।

२०७७ माघ २५ आइतबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीमा खाडी मुलुक कतारमा रहेका युवाहरुको एक समूहले धनुषामा ३० विपन्न परिवारलाई न्यानो बलैन्केट बाँडेका छन् ।
कतार स्थित रहेको मैथिल सेवा समाज शाखा कतारद्वारा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ कजरा र रमौल दुई गाउँमा २० जनालाई न्यानो बलैन्केट बाँडेको हो ।
तराई मधेशमा चिसोका कारण विपन्नहरुको जनजीवन बढी प्रभावित हुने गरेको भन्दै समाजद्धारा धनुषाधाम नगरपालिका वडा नं. ३ जुगेश्वरपुर टोलसमा समेत १० गरी कुल ३० जनालाई बलैन्केट वितरण गरेका हुन् ।

चिसोमा पनि केही घर परिवारलाई न्यानो कपडाको अभावका कारण जनजीवन प्रभावित भएको खवर पाएपछि मैथिल सेवा समाजले तत्कालै उनीहरुलाई राहत स्वरुप ३० वटा ब्लैन्केट (कम्बल) वितरण गरेको हो ।
मैथिल सेवा समाज नेपालका अध्यक्ष लक्ष्मी यादबको उपस्थितमा ब्लाइंकेट वितरण गरिएको थियो । शनिवारका दिन मैथिल सेवा समाज संस्थाद्वारा राखिएको ब्लाइंकेट वितरण कार्यक्रममा मैथिल सेवा समाज नेपालका सदस्य लक्ष्मी कुमार यादव, कपिलदेव यादव, संजिव कुमार यादव, ललित मुखिया लगायतको रोहबर रहेको थियो ।
संस्थाले समय समयमा तराई मधेशको विभिन्न जिल्लामा विभिन्न सयमा सहयोग गर्दै आइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…