मिर्चैयामा विष्णुपुराण महायज्ञ हुने
यहाँ विष्णुपुराण महायज्ञ आयोजनले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न सहयोग पुर्याउने आयोजक समितिको विश्वास छ ।

२०७७ माघ २५ आइतबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा । सिरहाको मिर्चैयामा विष्णुपुराण महायज्ञ हुने भएको छ ।
मिर्चैया नगरपालिका–४ स्थित मिर्चैया बजार छेउमा चैत २४ गतेदेखि ११ दिने विष्णुपुराण महायज्ञ हुने भएको हो । यसका लागि अहिलेदेखि नै तयारी थालिएको छ ।
दाताहरुकै सहयोग र अगुवाइमा आयोजन हुन लागेको यो महायज्ञ यहाँ पहिलोपटक हो । पौराणिक धार्मिक मान्यता सम्वद्र्धन तथा सामाजिक सद्भाव अभिवृद्धिका लागि महायज्ञ आयोजना गरिन लागिएको अगुवा तथा वडाध्यक्ष दिनेश यादवले जनाए ।
महायज्ञमा विभिन्न देवीदेवताका गरी १०८ मूर्ति बनाइने आयोजक समितिले जनाएको छ । महायज्ञमा शिवदयाल तान्त्रिक बाबाले कथा वाचन तथा विशेष प्रवचन दिने जनाइएको छ ।
यहाँ विष्णुपुराण महायज्ञ आयोजनले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न सहयोग पुर्याउने आयोजक समितिको विश्वास छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…