भोली नेपाल बन्दको घोषणा, बजारदेखि स्कूलसम्म सबै बन्द
शुक्रबार नेकपाको ओली समूहले राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । त्यसको एक दिन अघि नेकपाको प्रचण्ड–नेपाल समूहले आमहडतालको घोषणा गरेको हो ।

२०७७ माघ २१ बुधबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहले भोलि (बिहिबार) नेपाल बन्दको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानि निकायमा नियुक्त गराएर सपथ सकेलगत्तै प्रचण्ड–माधव समूहले विहिबार आम हडतालको घोषणा गरेको हो । यसलाई प्रचण्डको कठोर कदम मानिएको छ ।
आम हडतालमा यातायात, कल(कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान गरिएको नेकपाको उक्त समूहले जनाएको छ । बुधबार प्रचण्ड माधव समूहले पत्रकार सम्मेलन गरी आम हडतालको घोषणा गरेको हो ।
शुक्रबार नेकपाको ओली समूहले राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । त्यसको एक दिन अघि नेकपाको प्रचण्ड–नेपाल समूहले आमहडतालको घोषणा गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए ।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् ।
परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ । माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…