जसपालाई लात्त हानेर ओलीसँग गए 'यादव'
केही दिन अघि मात्र जनकपुरका युवा नेतृत्वहरु पनि जसपालाई लात्त हानेर ओलीसँग गएका छन् ।

२०७७ माघ २१ बुधबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका एक केन्द्रीय सदस्य जसपालाई लात्ती हानेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य (पूर्व) डा. शिवजीयादव नेकपाको ओली समूहमा शरण लिएका छन् । प्रदेश नम्बर २ को महोत्तरी बस्ने डा. यादव उपेन्द्र यादव नेतृत्वको तत्कालिन फोरम नेपालबाट सचेतक समेत रहेका थिए ।
पूर्व सभासद समेत रहेका डा. यादवले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई छाडेर ओलीसँग गएका छन् । जसपाभित्र एकलौटी गरेको भन्दै यसअघि पनि कैयौं नेता तथा कार्यकर्ताहरु नेकपामा, काँग्रेसमा समेत प्रवेश गर्दै आएका छन् ।
जसपाका केन्द्रीय सदस्य जस्ता पदधारीहरुले फटाफट ओली समूहको नेकपामा जान थालेपछि जनता समाजवादी पार्टीलाई तनाब बढेको छ । केही दिन अघि मात्र जनकपुरका युवा नेतृत्वहरु पनि जसपालाई लात्त हानेर ओलीसँग गएका छन् ।
कुनै जनता समाजवादी पार्टीबाट नेतृत्व गरेका जनकपुरका सरोज मिश्र र जानी खानले समेत जसपा परित्याग गरी ओली समूहमा प्रवेश गरेका हुन् । अहिले तराई मधेशबाट ओली समूहको तर्फबाट केही दृश्य र अदृश्य परिचालित युवा नेताहरु अन्य जसपाका नेताहरुलाई ओली गुटमा लैजान सक्रिय र सफल पनि भएका छन् ।
मँगलबार प्रधानमन्त्री ओलीले डा. यादवलाई खादा, फूलमाला र अबिर लगाएर आफ्नो पार्टीमा भित्र्याएका हुन् । पार्टीका नेता इश्वर पोखरेल, महेश बस्नेत, युवा नेता शम्भु साह लगायतको उपस्थितिमा उनलाई पार्टी प्रवेश गराएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…