धनुषा प्रहरीको ठुलो सफलताः यादवकै डेराबाट चोरीको ६ मोटरसाईकल सहित ५ जना पक्राउ
उनलाई आईतबार सोधपुछ गर्दै जादाँ क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थितको कुचाईटोल स्थितबाट सखुवा बजारबाट चोरी गरी लगेको थप ५ वटा मोटरसाईकल बरामद गरेको हो ।

२०७७ माघ १८ आइतबार, बेलुकी ७:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शनिबार नै मोटरसाईकल चोरी गरी भाग्दै गरेका सिरहाका रोहित यादवको डेराबाट प्रहरीले ६ वटा मोटरसाईकल बरामद गरेको छ ।
शनिबार धनुषाको महेन्द्रनगरको सखुवाचोकबाट सशस्त्र प्रहरीको मोटरसाईकल चोरी गरी भाग्दै गर्दा पक्राउ परेका रोहित यादवको डेराबाटै ६ वटा मोटरसाईकल प्रहरीले बरामद गरेको हो । आईतबार खोजतलासको क्रममा उनको डेराबाट ६ वटा मोटरसाईकल फेला परेको हो ।
शनिबार करिब १२ः५० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश नक्टाझिज धनुषामा कार्यरत रहेका सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउतको ज. ८ प. ८७७५ नम्बरको मोटरसाईकल धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ सखुवा बजार जाने सडकमा पार्किङ्ग गरि राखेको अवस्थामा त्यहाँ लाग्ने मबेशी .गोरु र भैंसी) बजारबाट चोरी गरी भागेका थिए ।
सोही क्रममा जनकपुर बस्ने अजय साहको ज. १२ प. ६११८ नम्बरको मोटरसाईकल अज्ञात व्यक्तिहरुले चोरी गरी लगेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब नीरिक्षक राजेश कुमार जैसवालको कमाण्डमा खटी गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ स्थितमा रहेको जलाद खोला हुदै जाँदै गर्दा पक्राउ परेका थिए ।
रोहित यादवले चलाएको मोटरसाईकललाई रोकी जेक जाँच गर्दा चोरी गरी लगेको मोटरसाईकलमध्ये ज. ८ प. ८७७५ नम्बरको अपाचे मोटरसाईकल सहित जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं. ३ रजोखोर बस्ने रोहित कुमार यादवलाई पक्राउ गरिएको थियो ।
उनलाई आईतबार सोधपुछ गर्दै जादाँ क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थितको कुचाईटोल स्थितबाट सखुवा बजारबाट चोरी गरी लगेको थप ५ वटा मोटरसाईकल बरामद गरेको हो ।
उनको डेरामा जाँदा प्रहरीले ज. १२ प. ६११८ नम्बरको २२० सिसीको पल्सर मोटरसाईकल र अन्य स्थानबाट चोरी गरी ल्याएको स. ७ प. ५२०३ नम्बरको डिस्कोभर मोटरसाईकल र को. ३८ प. ७६४ नम्बरको सुपर स्पेण्डर मोटरसाईकल रोहित कुमार यादवको डेरा कोठाबाट बरामद गरेको हो ।
उनकै डेराबाट मोटर चोरीमा प्रयोग हुने पेचकस ३ थान, ब्याट्री १ थान, रिन्च ३ थान र लेगार्ड १ थान समेत बरामद भएको प्रहरीले जनाएको छ । यसका साथै चोरीमा संलग्न अन्य दुई जना व्यक्ति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं. २ राजपुर बस्ने राम ईश्वर यादवको छोरा वर्ष २१ को प्रमोद कुमार यादव र जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वा बस्ने वर्ष २० को अमरेन्द्र कुमार यादवलाई पक्राउ गरिएको हो ।
यादवलाई स.४ प. ५७४६ नम्बरको मोटरसाईकल सहित जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुबाट नियन्त्रणमा लिईएको र जिल्ला सिरहा विष्णुपुर गाँपा वडा नं. २ वस्ने वर्ष २२ को मनोज कुमार यादवले जिल्ला धनुषा महेन्द्रनगरबाट चोरी गरि लगेको ना. ३९ प. ६३८२ नं. को १५० सिसीको पलसर सोही ठाउँ वस्ने वर्ष २३ को कन्हा भन्ने जितेन्द्र यादव संग वेचेका थिए ।
पाँचै जना आरोपितलाई ६ वटा मोटरसाईकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…