जनकपुरमा ३ दिनको विदा
आउँदो बुधबारदेखि पुनः विधिवत रुपमा पुरानै समयमा विद्यालय सँचालनमा आउने जनाइएको छ ।

२०७७ माघ १८ आइतबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनको लागि विद्यालयहरुलाई विदा दिएको छ । जाडो बढेको भन्दै तिनदिने विद्यालय बन्दको सूचना जारी गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै वर्तमान समयमा बढदै गएको अत्यधिक चिसोका कारण बालबालिकाहरुमा पर्न सक्ने नाकारात्मक प्रभावको कारण विद्यालय बन्दको निर्णय गरेको जनाइएको छ ।
उपमहानगरपालिकाको नगर शिक्षा समिति सँयोजक मेहिलाल यादवका अनुसार, अचानक बढेको चिसोका कारण बालबालिकाहरु विहानै विद्यालय आउँदा उनीहरुको स्वास्थ्यमा पर्न सक्ने खराब असरलाई मध्यनर गर्दै तीन दिनको लागि विदा दिएको हो ।
विदाको घोषणापछि जनकपुरको सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु आईतबारदेखि मँगलबारसम्म बन्द रहने जनाइएको छ । उपमहानगरपालिकाको अनुसार १८ गतेदेखि आगामी माघ २० गतेसम्म गरी तीन दिने विदा दिएको हो ।
आउँदो बुधबारदेखि पुनः विधिवत रुपमा पुरानै समयमा विद्यालय सँचालनमा आउने जनाइएको छ । आईतबार सूचना ढिलो भएपछि हजारौं विद्यार्थीहरु विद्यालयबाट फर्कन बाध्य भएका छन् । उनीहरुलाई समयमा पूर्व सूचना नपुगेपछि उनीहरु विद्यालयको गेटबाट फर्केका हुन् ।
तराई मधेशमा विगत केही दिनदेखि निरन्तर चिसो बढदै गएको छ भने गत दुई दिनदेखि अझै चिसो बढन थालेपछि बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तीन दिने विद्यालय बन्दको आव्हान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…