वडासचिवको मृत्यूपछि भोली सार्वजनिक विदा
आफ्नो साईकलमा बसेर कार्यालय जाँदै गर्दा पछाडीबाट आएको बसले ठक्कर दिएपछि उनको मृत्यू भएको थियो ।

२०७७ माघ १७ शनिबार, बेलुकी ६:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक वडासचिवको मृत्यू भएपछि धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको कार्यालयले भोली आईतबार सार्वजनिक विदा दिएको छ ।
शुक्रबार बसको ठक्करबाट वडा नं. १ का वडासचिव शिवचन्द्र यादवको मृत्यू भएपछि शोकमा गाउँपालिकाले आईतबार एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो ।
गाउँपालिकाको कार्यालयले एक सूचना जारी गर्दै वडा सचिव यादवको शोक र श्रद्धाञ्जलीमा गाउँपालिका भित्रको सबै सरकारी कार्यालयहरु, विद्यालय समेत विदा हुने सूचनामा उल्लेख गरिएको छ ।
शुक्रबार लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ सपही स्थित वडासचिव यादव आफ्नो साईकलमा बसेर कार्यालय जाँदै गर्दा पछाडीबाट आएको बसले ठक्कर दिएपछि उनको मृत्यू भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…