केपी ओलीलाई चुनौति दिने मिश्र पनि ओलीसँग , 'ट्रोल गर्नेहरु महतो र यादवका चम्चा'
अन्य मधेशवादी दलहरु दलबदलु भएको कारण उनीहरुबाट टाढा बसेर नेकपामा गएको कथन उनको थियो ।

२०७७ माघ १७ शनिबार, बिहान ९:१४ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेश आउन चुनौति दिने जनकपुरका सरोज मिश्र पनि अन्ततः ओलीसँगै पोइल गएका गएका छन् ।
वि.सं. २०७० सालको चुनावमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) को राजेन्द्र महतोसँग रहेका मिश्रले शुक्रबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग गएको घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक सहितमा लेख्दै आफू ओलीसँग भएको खुलाएका छन् ।
शनिबार बिहान न्यूज ब्यूरोसँगको कुराकानीमा मिश्रले आफूलाई कथित मधेशवादी दल भन्नेहरु मधेशको मुद्दा बेचेर स्वार्थमा लागेको भन्दै मधेशवादी दललाई लात्त हानेर ओलीसँग गएको बताए । उनले विभिन्न समयमा पार्टीहरुमा फुट हुँदै गर्दा अहिलेको समयमा देशमा २ वटा पार्टी मात्र स्थायी रहेको भन्दै कम्यूनिष्ट पार्टीमा प्रवेश गरेको बताए ।
मिश्रले देशमा अहिले नेपाली काँग्रेस र नेकपा मात्र स्थायी पार्टी भएकोले आफू नेकपा चुनेको बताएका छन् । उनलाई नेपाली काँग्रेसमा किन नगएको प्रश्न गर्दा उनले भने, –“हेर्नुस, नेपाली काँग्रेस देशको ठुलो पार्टी हो, सँगठन तगडा भएको पार्टी हो, गणतान्त्रिक पार्टी हो, तर, नेपाली काँग्रेसमा युवा वर्गलाई बायकट्ट गरिएको छ । गगन थापा जस्तो होनहार युवा नेताहरुलाई प्लेटफार्म दिएको छैन, जनकपुरकै कैयौं होनहारलाई पार्टीले केन्द्रमा उपेक्षा गरेको छ, त्यसैले नेपाली काँग्रेसमा गइन् ।”
उनले आफूलाई कथित मधेशवादी दल भनेर भनाउनेहरु पनि एक दिन नेकपामा विलय हुने दाबी गरे । मधेशवादको झण्डा उचालेर मधेशको लागि कहिले पनि नसोचेको र बारम्बार पार्टीमा फुट नै फुट गरेकोले मधेशवादी दलको भविष्य धरापमा परेको बताए ।
उनले २०७० सालको चुनावमा आफू राजपालाई सपोर्ट गरेपनि राजपाले विभिन्न समयमा दलबदलु भएको, अन्य मधेशवादी दलहरु दलबदलु भएको कारण उनीहरुबाट टाढा बसेर नेकपामा गएको कथन उनको थियो ।
केही दिन अघि कहिले राष्ट्रपति विद्या देवी भण्डारीलाई समेत गाली गर्ने, प्रधानमन्त्री ओलीलाई समेत समाजिक सँजालमै गाली गर्ने जानी खानले नेकपाको शरण लिएका थिए । उनले पनि मधेशवादी दलहरु स्वार्थमा लागेका कारण आफू ओलीसँग भएको प्रतिक्रिया दिएका थिए ।

जानी खानका कान्छो भाई रियाज साफीले पनि कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई किडनी फेल, दिमाग फेल भनी प्रधानमन्त्री बने देश नै फेल हुने भनेर भनेपनि अहिले ओलीको पार्टीमा युवाहरुलाई जोडने कार्यमा सक्रिय छन् ।
सरोज मिश्र, जानी खान र रियाज साफीको केही पुरानो फेसबुक पोष्टहरु राखेर युवाहरुले फेसबुकमै ट्रोल समेत गरेको देखिएको छ । सो क्रममा सप्तरी बस्ने विटु मिश्र वत्स्यले समेत उनीहरुको पुरानो पोष्टलाई राखेर ट्रोल गरेका छन् ।
कुनै बेला आफूलाई स्वतन्त्र युवाहरु भनाउने तीनै जनाले केपी ओलीको पार्टीमा गएपछि उनीहरुलाई समाजिक सँजालमै ट्रोल गरिएको हो । केही दिन अगाडी मात्र जानी खान नेकपामा गएको घोषणापछि सरोज मिश्रले आफू अझै स्वतन्त्र रहेको प्रतिक्रिया दिएका थिए ।
विटु मिश्र लेख्छन् : -
कुरो बिचारणीय छ। तपाईं जुन पार्टीमा लाग्नुभयो, मेहनत गर्नुभयो, पार्टीलाई एउटा उचाईंमा पुर्याउनु भयो,.... जस्तो कि तपाईँलाई लाग्दछ। त्यहीँ पार्टी छोडेर त्यसको ठिक बिपरित रहेको पार्टी तिर लाग्दा तपाईँको हैसियत के बाँकी रहन्छ? बगिरहेको खोला उल्टो दिशामा बग्न थाल्दा त्यस्को बाटो मात्र नभई स्वरुप र स्तित्व समेत समाप्त भएको हुन्छ।
.png)
मधेश आन्दोलनको बेला एउटा कबिता पढेथिएँ, "बेर बेर बाप बदले काठमाडौं में" जसको लेखक थिए तत्कालीन मधेशी मोर्चाका कथित कमाण्डर Saroj Mishra Mass(जनकपुर बाला)।
मधेश विरोधी संविधानको विरोधाभाष थिए, जुनबेला ती नै सरोज मिश्रा, जानी खान र रियाज साफी ले "प्रधानमन्त्री ओली र राष्ट्रपति बिच अनैतिक सम्बन्ध रहेको, राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउँदा बाटो समेत गन्हाएको, ओली-बामदेव-प्रचण्ड इत्यादि आफ्नो आमाको छोरा नभएको र काँग्रेस,एमाले,माओवादी पार्टीमा रहेकाहरुलाईले पार्टी नछोडे सामाजिक बहिष्कार गर्ने जस्ता अल्टिमेटम सहिता टिप्पणी गरिरहेक थिए।
खासमा सरोज मिश्र होस वा जानिखान, यिनिहरुको परिवारका हरेक व्यक्ती फरक राजनीतिक पार्टीका सदस्य हुन। खासमा नेपालको अवस्था हेर्दा कुनैपनी पार्टीले सदस्यता वितरण गर्दा आफ्नो पार्टीको निम्ति भोट बैङ्क जम्मा गरिरहेका हुन्छन, जहाँ यी दुईजना आफ्नो घरको जिम्मा समेत लिन सक्ने योग्य देखिँदैन। यिनका साथिहरु पत्रकार थिए, यसो टायर बाल्दै गर्दा अथवा टाउकोमा कालो पट्टि बेरेर सडकमा निस्किँदा फोटो तानेर सिधा विभिन्न पत्रीका मा नाम सहित फोटा अपलोड गरिन्थ्यो, सामाजिक सञ्जालमा फोटा-पोष पोष्टिन्थ्यो जसले यिनलाई बडक नेता बनाइदियो भनेर यिनले थुप्रा भ्रम पालेका रहेछ्न।
.png)
यिनिरु मध्ये जानिखान का भाइ 'रियाज साफी' धेरै अघिनै नेकपामुखी भैसकेका थिए भने, बाँकि जानिखान र सरोज मिश्रा दुइहप्ता अघि नै ओलीको शरणागत भए र यसै हप्ता नेकपामा सदस्यता लिए।
ओली सँग आशीर्वाद लिइरंदाको फोटा भाइरल भएपछि, सरोज मिश्रा र जानिखान दुईटैको स्पष्टीकरण आएथ्यो कि हामी नेकपामा गैराखेको होइन गलत टिप्पणी नगरिओस। उसो त यिनका पुरानो तरिका हो, पुन: चुनाव को बेला राजेन्द्र महतो आएर फकाउँदा राजेन्द्र सँगै हिँढ्यो भने आश्चर्य नमान्नुहोला।
उसो त धेरै भद्दा पोष्टहरु छन, तर हेरौँ यिनका तात्कालिन एक-एक ओटा पोष्ट;

यी साला भुस्याहा कुत्ताहरु "ओली,प्रचण्ड,माकुने,सुशील,बामदेव..." इत्यादीलाई आफ्नै आमाले जन्माएछिन भने मधेश आएर देखाओस ! -- सरोज मिश्र
गृहमन्त्री के फाँसी दे, पागल केपी ओलीके राँची दे राँची। किडनी फेल, दिमाग भेल... गल्ती से प्रधानमन्त्री भैले.. देश फेल ! --- रियाज साफी
आज विद्या भण्डारी जनकपुर, जानकीको भुमिमा आएर जनकपुरलाई अपवित्र गरेको छ। हामी भर्खर त्यहीँ बाटो आउँदै क्रमम बाटो कस्तो गन्हाउँदै थियो,... कस्तो बोकि... छ्या !- -- जानीखान
(कुछ लोग किसीके सगे नहीँ होते!!)
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…