जनकपुर : ट्रयाक्टरमा किचिएर एक जनाको घटनास्थलमै मृत्यू !
रेल्वे ट्रयाकभन्दा केही पर विहानै ट्रयाक्टर दुर्घटना हुँदा महराको मृत्यू भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाइरहेको जनाइएको छ ।

२०७७ माघ १२ सोमबार, दिउँसो १२:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको ठाढी झिझामा ट्रयाक्टर दुर्घटना हुँदा किचिएर एक जनाको मृत्यू भएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी प्रहरी चौकी नजिकै ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको किचिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाका अनुसार, सोमबार बिहान करिब ११ बजेको समयमा ठाढी गाउँबाट माटो लिन विदेह नगरपालिका वडा नं. ३ दुहबी तर्फ जाँदै गरेको ट्रयाक्टर अनिन्त्रित भएर दुर्घटना भएको हो ।
ट्रयाक्टर नम्बर नखुलेको विदेह नगरपालिका वडा नं. ३ दुहबी बस्ने अन्दाजी बर्ष ३० का विनोद महराको मृत्यू भएको सीमा प्रहरी चौकी दुहबीका सई हिलस कुमार सिँहले जानकारी दिए ।
रेल्वे ट्रयाकभन्दा केही पर विहानै ट्रयाक्टर दुर्घटना हुँदा महराको मृत्यू भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाइरहेको जनाइएको छ ।
ट्रयाक्टर पूर्ण रुपमा पल्टेर महरा किचिएको बताइएको छ । ट्रयाक्टरलाई जेसिबीको साहाराले उठाउने प्रहरीले जनाइएको छ । मुचुल्कापछि महराको शवलाई पोष्टमार्टमको लागि जनकपुर पठाउने तयारी गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…