ट्रिपरले ठोकेपछि दुई जनाको घटनास्थलमै मृत्यू !
यता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२०७७ माघ १२ सोमबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । प्रदेश नम्बर २ को महोत्तरीमा ट्रकले ठक्कर दिएपछि दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।
महोत्तरीको औरही नगरपालिका वडा नम्बर ४ कठुधार स्थित ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृत्यु हुनेमा महोत्तरी औरही नगरपालिका वडा नम्बर ४ कठुधार बस्ने महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ रहेको छ । सोही घटनामा मृत्यू हुने २० वर्षिय प्रमोद राम रहेका छन् । प्रमोदको ठेगाना अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्पm जाँदै गरेको ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्करदिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…