जनकपुरका मेयर साहले ५७२ जनालाई दिए जग्गाको लालपूर्जा
नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले आपसी विवादका कारण उत्पन्न हुने असहज अवस्थालाई सहज बनाउन आग्रह समेत गरे ।

२०७७ माघ ११ आइतबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले ५ सय ७२ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ का ५७२ जनालाई आईतबार जग्गाधनी प्रमाण पत्र वितरण गरिएको छ । नगर प्रमुख साहले उपमहानगरपालिकाको कुर्थामा आयोजित समारोहमा उहाँहरूलाई जग्गाधनी प्रमाण पत्र वितरण गरेका हुन् ।
वितरण गरिएका जग्गाको नापी कार्य १० वर्षअघि नै भएकोमा स्थानीय विवादका कारण वितरण कार्य अन्योलमा परेको थियो । सो अवसरमा नगरप्रमुख साहले आपसी विवादका कारण जग्गाधनी प्रमाण पत्र नपाउने अवस्था उत्पन्न नगर्न आग्रह गरे ।
ग्रामीण भेगमा इन्च–इन्चको विवाद हुने गरेका कारण जग्गाधनी प्रमाण पत्र वितरण कार्य प्रभावित भएको चर्चा गर्दै उहाँले सामान्य विवाद त्यागी उदार बन्नु आवश्यक रहेको धारणा राखे ।
नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले आपसी विवादका कारण उत्पन्न हुने असहज अवस्थालाई सहज बनाउन आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…