समुदायिक विद्यालयको स्तर उकास्न प्रयासरत छौं : उपाध्यक्ष कार्की
शिलान्यास कार्यक्रममा निर्माण समितीको अध्यक्ष अर्जुन पासवान र शिक्षक सतिराम पासवान, समाजसेवी बद्री पासवान सहित स्थानीय भद्र भलादमीहरुको सहभागीता रहेको थियो ।

२०७७ माघ १० शनिबार, बिहान ११:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष (उपप्रमुख) भारती कार्कीले गाउँपालिका भित्रको समुदायिक विद्यालयहरुको स्तर उकास्न प्रसारत रहेको बताएकी छन् ।
शनिबार जनकनन्दिनी गाउँपालिका वडा नं.३ प्र.खे. महुवा स्थित रहेको राष्ट्रिय गिरिजा आधारभूत विद्यालयको नयाँ भवनको शिलान्यास गर्दै उनले समुदायिक विद्यालयको गुणस्तरीयता सुधार गर्न सके शैक्षिक आँकडामा समेत फडको हान्ने विश्वास जनाइन् ।
विद्यालयको अति पुरानो भवनका कारण बालबालिकाहरुको उपस्थिति समेत न्यून हुने गरेको बताउँदै गाउँपालिकाको नयाँ भवनको लागि शनिबार शिलान्यास गरिएको हो । पुरानो भवन जिर्ण भएपछि सुरक्षाको हिसाबले समेत असुरक्षित महसुस भएपछि नयाँ भवन बनाउने निधो गरिएको बताइएको छ ।
वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साहको अध्यक्षता एवम् उप प्रमुख कार्कीको प्रमुख आतिथ्यमा नयाँ भवनको लागि शिलान्यास गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष पासवानको समेत विशेष उपस्थितिमा भवन शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा निर्माण समितीको अध्यक्ष अर्जुन पासवान र शिक्षक सतिराम पासवान, समाजसेवी बद्री पासवान सहित स्थानीय भद्र भलादमीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…