सिरहामा कुकर बम !
आज विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेता पनि केहि स्थानमा भने शंकास्पद बस्तु भेटिएका कारण जनजीवन त्रसित बनेको छ ।

२०७७ माघ १० शनिबार, बिहान ११:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका-५ स्थित जिबाखोलाको पुलमा प्रेसर कुकर बम फेला परेको छ ।
शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएको हो । बम भेटिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको डिस्पोजल टोली बम डिस्पोज गरेको छ ।
कुकरमा राखिएको अवस्थामा भेटिएको सो बम इप्रोभाइज एक्सपोलिसिभ डिभाइस ‘आइडी’ भएको बताइएको छ । बम भेटिएपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो ।
बम राखिएको ठाउँ कुनै पर्चा भने भेटिएको छैन । बम कसले र के प्रायोजनको लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको इप्रका मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
आज विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेता पनि केहि स्थानमा भने शंकास्पद बस्तु भेटिएका कारण जनजीवन त्रसित बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…