बोर्डरमा प्रहरी घुमुवा पाण्डेको सेटिँगमा तस्करी, खजुरीका ईन्सपेक्टरले गरे छापामारी
गोप्य श्रोतका अनुसार, विदेह नगरपालिकाका केही जनप्रतिनीधिले समेत प्रहरीबाट महिनाबारी रकम उठाउने गरेको बुझिएको छ । यद्यपी, जनप्रतिनीधिको नाम नखोलेपनि जनप्रतिनीधिहरु समेत हर्कतमा आएको बुझिएको छ ।

२०७७ माघ ९ शुक्रबार, बेलुकी ५:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्ला स्थित भारतसँग रहेको बोर्डरमा एक प्रहरी घुमुवाको सेटिँगले तस्करहरु पलाउँदै गरेको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी स्थित रहेको प्रहरी चौकीका घुमुवा सँतोष पाण्डेको सेटिँगले दैनिक रुपमा तस्करहरुले बोर्डर पारीबाट अवैद्य समानहरु भित्र्याउने गरेको छ । यसअघि पनि इटहर्वा प्रहरी चौकीमा घुमुवा नै रहेका पाण्डे प्रायः सबै तस्करहरुसँग लाइन मिलाएको छ ।
घुमुवा सँतोष पाण्डेले तस्करहरुसँग सेटिँग गरी रातारात भारतबाट लाखौंको अवैद्य समानहरु ल्याउन तस्करलाई सघाउने गरेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, महिनाथपुर नाकाबाट हुने तस्करीमा घुमुवा पाण्डेको सेटिँग रहेको हुन्छ ।
सोही क्रममा सेटिँगमै गएराती (शुक्रबार) भारतबाट अवैद्य रुपमा तस्करी गरी ल्याइएको समानहरुको बारेमा सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय खजुरीले तत्कालै छापामारी गरयो ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हिरेन्द्र रोकायाको कमाण्डमा गएको प्रहरीले विदेह नगरपालिका वडा नं. १ ठाढी बस्ने लालबाबू पँजीयारको घरमा छापामारी गरी लाखौंको समान बरामद गरेको हो ।
ईन्स्पेक्टर रोकायाले समेत इलाका प्रहरी कार्यालय खजुरी मातहत नै पर्ने प्रहरी चौकी ठाढीका घुमुवा सँतोष पाण्डेको सेटिँग बारे सुईको पाएपछि कसैलाई नभनिकनै एकाएक छापामारी गर्न पुगेका थिए । स्थानीयवासीको सुराकीको आधारमा पँजीयारको घरमा इन्स्पेक्टर रोकाया कमाण्डको टोलीले छापामारी गरी १३ लाख बढीको समानहरु बरामद गरेको हो ।
छापामारी गर्दा लत्ताकपडा, खाद्यान्न सहितका सरसमानहरु बरामद गरिएको हो । भन्सार छली गरी घुमवा पाण्डेको सेटिँगमै सो समानहरु भित्रिएको बुझिएको छ ।
गोप्य श्रोतका अनुसार, विदेह नगरपालिकाका केही जनप्रतिनीधिले समेत प्रहरीबाट महिनाबारी रकम उठाउने गरेको बुझिएको छ । यद्यपी, जनप्रतिनीधिको नाम नखोलेपनि जनप्रतिनीधिहरु समेत हर्कतमा आएको बुझिएको छ ।
भारतबाट अवैद्य रुपमा भन्सार छली गरि ल्याउनको लागि प्रहरीकै सेटिँग हुने गरेको छ । स्थानीय व्यापारीहरुलाई पनि प्रहरीले महिनबारी लिएर लाइन मिलाउने गरेको खुलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…