ट्र्याक्टर पल्टिदाँ १ जनाको घटनास्थलमै मृत्यू, ५ जना घाइते !
शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

२०७७ माघ ९ शुक्रबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरीमा ट्रयाक्टर पल्टिदाँ १ जनाको घटनास्थलमै मृत्यू भएको छ भने अन्य ५ जना घाईते भएको छ ।
सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. ११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा ट्रयाक्टर पल्टिएपछि दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रदेश–०२–०१–००१ त ००३२ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।
शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…